काठमाण्डौ । ट्रेड टावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म ७३ लाख ८२ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३६ लाख ७ हजार रुपैयाँ घाटामा थियो । वित्त खर्च घट्नु र आम्दानी बढ्नु जस्ता कारणले कम्पनी घाटामा रहेको अवस्थालाई उल्टाउँदै नाफा आर्जन गर्न सफल भएको हो ।
यो अवधिमा कम्पनीले २१ करोड ३७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.७९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १९ लाख ४६ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो ।
कम्पनीको कुल खर्च भने बढेको छ । अघिल्लो आवमा ९ करोड ७८ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म ११ करोड ६९ लाख खर्च गरेको छ ।
कम्पनीको वित्त खर्च भने ४ करोड ८ लाख रुपैयाँबाट घटेर २ करोड ३३ लाख रुपैयाँमा सीमित बनेको छ । ८१ करोड ५६ लाख चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति १६ करोड २८ लाख र कुल चालु दायित्व ७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६९.०३ रुपैयाँ र तरलता अनुपात २.१९ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।