काठमाण्डौ । पिपुल्स पावर लिमिटेड घाटामा गएको छ । गत आवको चौथो त्रैमाससम्म कम्पनी २ करोड १७ लाख रुपैयाँ घाटामा गएको हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३३ लाख १९ हजार नाफा आर्जन गर्न सफल रहेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ८ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६.६९ प्रतिशतले बढी हो ।
कम्पनीको प्रशासनिक खर्च १ करोड ३२ लाखबाट बढेर ६ करोड १७ लाख रुपैयाँ पुगेको छ । यद्यपी कम्पनीको वित्त खर्च भने २ करोड ५४ लाख रुपैयाँबाट घटेर २८ लाख ९७ हजारमा सीमित बनेको छ । कम्पनीको रिजर्भको आकार ४ करोड ९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । यस्तै कम्पनीको कुल चालु सम्पत्ति १० करोड ९४ लाख र कुल चालु दायित्व १४ लाख १० हजार रुपेयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २.२९ रुपैयाँ ऋणात्मक ,प्रतिसेयर नेटवर्थ १०२.५९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०२.७४ रुपैयाँ र तरलता अनुपात ७७.५९ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।