मंगलवार, भाद्र २,२०८३ 05:03:43
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 05:03:43
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री बालेन शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको भेट, राजदूत श्रीवास्तव पनि सहभागी

प्रधानमन्त्री बालेन शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको भेट, राजदूत श्रीवास्तव पनि सहभागी
New Office

 

काठमाण्डौ ।प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने नेपाल भ्रमणका लागि जनरल सेठ आइतबार काठमाडौं आएका हुन्।

नेपाल भ्रमणका क्रममा उनलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

Bizshala
CG Motors

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।

सोमबार नै प्रधान सेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा दुई देशबीचको सैन्य सम्बन्ध तथा आपसी सहयोगका विषयमा छलफल भएको थियो।

यसैक्रममा मंगलबार प्रधानमन्त्री शाहसँग भएको शिष्टाचार भेटलाई भारतीय सेनाध्यक्ष सेठको जारी नेपाल भ्रमणको महत्वपूर्ण राजनीतिक तथा कूटनीतिक भेटका रूपमा हेरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.