मंगलवार, भाद्र २,२०८३ 07:23:05
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 07:23:05
Bizshala
Global IME Bank Limited

संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको तजबिजी अधिकारमाथि बारको प्रश्न, निश्चित मापदण्ड अपनाउन माग

संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको तजबिजी अधिकारमाथि बारको प्रश्न, निश्चित मापदण्ड अपनाउन माग
New Office

 

काठमाण्डौ । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको संवैधानिक इजलास गठन गर्दा निश्चित र पारदर्शी मापदण्ड अपनाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ।

बारले प्रधानन्यायाधीशलाई विशेष पत्र पठाउँदै संवैधानिक इजलास गठन गर्दा वरिष्ठतालाई आधार बनाउन वा त्यसो गर्न नसकिने अवस्थामा प्रधानन्यायाधीशबाहेकका चार न्यायाधीशलाई गोला प्रथाबाट छनोट गर्ने व्यवस्था अपनाउन सुझाव दिएको हो।

बारले आफ्ना सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीसँगको छलफलपछि संवैधानिक इजलासमा न्यायाधीश छनोट गर्ने विषय प्रधानन्यायाधीशको तजबिजमा निर्भर हुँदा न्याय निरुपणको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने भन्दै निश्चित मापदण्ड आवश्यक रहेको जनाएको छ।

बारले उक्त पत्र सर्वोच्च अदालतका सबै न्यायाधीशलाई समेत बोधार्थ पठाएको छ।

Bizshala
CG Motors

फूल कोर्टमा छलफल गर्न माग

नेपाल बारले संवैधानिक इजलास गठनसम्बन्धी विषयलाई सर्वोच्च अदालतको फूल कोर्टमा छलफल गराउन पनि माग गरेको छ।

संवैधानिक महत्वका मुद्दा हेर्ने इजलास गठनमै एकरूपता र पूर्वनिर्धारित प्रक्रिया नहुँदा विवाद सिर्जना हुन सक्ने भएकाले स्पष्ट कार्यविधि आवश्यक रहेको बारको भनाइ छ।

बारले न्यायाधीश र कानुन व्यवसायी सम्मिलित बार–बेञ्च समितिको बैठक लामो समयदेखि बस्न नसकेको भन्दै त्यसप्रति समेत असन्तुष्टि जनाएको छ।

समिति बैठक तत्काल बोलाएर न्यायालयमा देखिएका समस्या, न्याय सम्पादनका चुनौती तथा बार र बेञ्चबीचका विषयमा छलफल गर्नुपर्ने माग गरिएको छ।

प्रशासनिक तवरबाट संवैधानिक इजलासमा मुद्दा पठाउन नहुने

बारले कतिपय मुद्दा प्रशासनिक निर्णयका आधारमा सिधै संवैधानिक इजलासमा पठाउने गरिएको विषयमा समेत प्रश्न उठाएको छ।

कुन मुद्दा संवैधानिक इजलासमा जाने भन्ने विषय निश्चित कानुनी प्रक्रिया र मापदण्डबाट निर्धारण हुनुपर्ने भन्दै प्रशासनिक तवरबाट मुद्दा पठाउने अभ्यास रोक्न बारले माग गरेको छ।

समग्रमा नेपाल बारले संवैधानिक इजलासको गठनदेखि मुद्दा पठाउने प्रक्रियासम्म पारदर्शी, पूर्वनिर्धारित र समान मापदण्ड लागू गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.