बुधबार, भाद्र ३,२०८३ 07:29:50
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 07:29:50
Bizshala
Global IME Bank Limited

नाफा बढे पनि लाभांशमा राष्ट्र बैंकको अंकुश, तीन लघुवित्तले मात्रै २५% लाभांश बाँड्न पाउने

नाफा बढे पनि लाभांशमा राष्ट्र बैंकको अंकुश, तीन लघुवित्तले मात्रै २५% लाभांश बाँड्न पाउने
New Office

काठमाण्डौ । लघुवित्त संस्थाहरुले गत आर्थिक वर्ष २०८२–८३ मा मनग्य नाफा कमाएका छन् । ५० लघुवित्त संस्थाले गत आवमा १२ अर्ब २ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५३.११ प्रतिशत बढी हो । अघिल्लो आवमा लघुवित्त संस्थाहरुले ४ अर्ब ७५ करोड ६ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

गत आर्थिक वर्षमा सबै लघुवित्त नाफामा उक्लिएका छन् । सबैको वितरणयोग्य मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ । वित्तीय विवरणअनुसार १९ लघुवित्तको लाभांश क्षमता २५ प्रतिशत भन्दा माथि छ, तर नेपाल राष्ट्र बैंकको व्यवस्थाबमोजिम भने जम्मा ३ संस्थाले मात्रै २५ प्रतिशत लाभांश दिन सक्नेछन् ।  

लघुवित्त संस्थाहरुले लाभांश घोषणा गर्दा लाभांश वितरणपछिको पूँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्क्रिय कर्जा अनुपात (एनपीएल)लाई आधार मानेर राष्ट्र बैंकले तोकेको सीमाभित्र रही लाभांश वितरण गर्नुपर्नेछ ।

जसबमोजिम ५ प्रतिशतभन्दा थोरै एनपीएल भएका संस्थाहरुले १२ प्रतिशतभन्दा बढी पुँजीकोष अनुपात भएमा मात्रै २५ प्रतिशत लाभांश वितरण गर्न पाउनेछन् ।  

साथै, ५ प्रतिशत एनपीएल भएका लघुवित्तहरुको १० देखि १२ प्रतिशतसम्म पूँजीकोष भएमा २० प्रतिशत र ८ देखि १० प्रतिशत पुँजीकोष भएमा १५ प्रतिशत लाभांश वितरण गर्न पाउने व्यवस्था छ ।  

यता ५ देखि १० प्रतिशत एनपीएल भएका संस्थाहरुको हकमा १२ प्रतिशत पुँजीकोष भएमा २० प्रतिशत लाभांश, १० देखि १२ प्रतिशतसम्म पुँजीकोष भएमा १५ प्रतिशत र ८–१० प्रतिशतसम्म पुँजीकोष भएमा १० प्रतिशत लाभांश वितरण गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।  

त्यस्तै, १० देखि १५ प्रतिशतसम्म एनपीएल रहेका संस्थाहरुको हकमा भने १२ प्रतिशत पुँजीकोष भएमा १५ प्रतिशत, १० देखि १२ प्रतिशत पुँजीकोष भएमा १० प्रतिशत र ८ देखि १० प्रतिशतसम्म पुुँजीकोष भएमा ५ प्रतिशत मात्रै लाभांश वितरण गर्न पाइनेछ ।  

साथै गत आवको असार मसान्तसम्ममा १५ प्रतिशतभन्दा बढी एनपीएल रहेका संस्थाहरुले भने कुनै खालको लाभांश बाँड्न नपाउने राष्ट्र बैंकको नियम छ । त्यस्ता संस्थाहरुको पुँजीकोष अनुपात जतिसुकै भएपनि एनपीएल कायम गर्न नसक्ने लघुवित्तहरुले कुनै खालको लाभांश वितरण गर्न नपाउने राष्ट्र बैंकले जनाएको छ ।  

२५ प्रतिशत लाभांश दिन ३ संस्था मात्रै योग्य  

राष्ट्र बैंकका अनुसार खराब कर्जा अनुपात र पुँजीकोष अनुपातको आधारमा २५ प्रतिशत लाभांश बाँड्न पाउने संस्थाहरु ५ मात्रै छन् ।  

तर यी संस्थाहरुले वित्तीय विवरणमा छुट्याएको वितरणयोग्य मुनाफाको आधारमा भने तीन संस्था मात्रै २५ प्रतिशत लाभांश बाँड्न योग्य देखिएका छन् ।  

जसमा छिमेक लघुवित्त, साना किसान लघुवित्त र नेशनल  लघुवित्त रहेका छन् ।  

Bizshala
CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.