काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्। मन्त्री रावल भदौ ६ गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायतका जिल्लामा रहने कार्यक्रम छ।
भ्रमणका क्रममा मन्त्री रावलले मन्त्रालयसँग सम्बन्धित जनगुनासो प्रत्यक्ष सुन्नुका साथै सहकारी क्षेत्रका समस्या र भूमिहीन तथा सुकुम्बासी नागरिकका समस्या बुझ्ने कार्यक्रम तय गरिएको छ।
उनले स्थानीय नागरिक तथा सरोकारवालासँगको भेटमा सरकारले सञ्चालन गरिरहेका कार्यक्रम, हालसम्मको प्रगति तथा आगामी दिनमा अघि बढाइने योजना र तयारीबारे जानकारी दिने बताएकी छन्।
मन्त्री रावलले स्थानीयस्तरमै पुगेर नागरिकका समस्या सुन्ने र तिनको समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले सुदूरपश्चिम भ्रमण गर्न लागेको बताइन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।