बुधबार, भाद्र ३१,२०८३ 01:47:26
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 01:47:26
Bizshala
Global IME Bank Limited

डेटा, प्रविधि र मानवीय सम्बन्धको संयोजनले बिक्री क्षेत्रको भविष्य निर्माण गर्छः चेम्बर अध्यक्ष अग्रवाल

डेटा, प्रविधि र मानवीय सम्बन्धको संयोजनले बिक्री क्षेत्रको भविष्य निर्माण गर्छः चेम्बर अध्यक्ष अग्रवाल
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आधुनिक बिक्री प्रणाली केवल वस्तु वा सेवा बेच्ने प्रक्रिया मात्र नभई ग्राहकलाई बुझ्ने, मूल्य सिर्जना गर्ने, विश्वास निर्माण गर्ने र दीर्घकालीन सम्बन्ध विकास गर्ने कला भएको बताएका छन् । ग्रोथ लिडरशिप एकेडेमीद्वारा होटल सोल्टीमा शुक्रवार आयोजित सेल्स समिट कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।

अध्यक्ष अग्रवालले विगतमा सफल बिक्रीकर्मीहरू मुख्यतः अनुभव, अन्तज्र्ञान र व्यक्तिगत सम्बन्धमा निर्भर रहने गरेको उल्लेख गर्दै आजको प्रतिस्पर्धात्मक बजारमा प्रविधि, डेटा र डिजिटल इन्टेलिजेन्सको महत्व तीव्र रूपमा बढेको बताए । उनले भने, ‘आज हरेक ग्राहकसँगको अन्तरक्रिया आफैंमा महत्वपूर्ण सूचना हो। ग्राहकको रुचि, खरिद व्यवहार, डिजिटल संलग्नता, बजार प्रवृत्ति, प्रतिक्रिया र कारोबारसम्बन्धी तथ्यांकले व्यवसायलाई महत्वपूर्ण जानकारी दिन सक्छ ।’

डेटा आफैंमा सफलताको आधार नभएको उल्लेख गर्दै डेटा सही रूपमा विश्लेषण गरी उपयोगी जानकारीमा रूपान्तरण गर्नुपर्ने र उक्त जानकारीलाई ग्राहकको मूल्य तथा व्यावसायिक परिणाममा बदल्न सक्नुपर्ने उनले बताए ।

अध्यक्ष अग्रवालले भविष्यका बिक्री व्यवसायीमा डेटा संकलन र बुझ्ने, त्यसको बुद्धिमत्तापूर्वक विश्लेषण गर्ने तथा प्राप्त जानकारीलाई ग्राहकको हित र व्यावसायिक नतिजामा रूपान्तरण गर्ने क्षमता आवश्यक रहेको उल्लेख गरे ।

Shivam Cement
Bizshala
CG Motors

अध्यक्ष अग्रवालले कृत्रिम बुद्धिमत्ता (एआई) ले व्यवसाय र बिक्री क्षेत्रमा ठूलो परिवर्तन ल्याइरहेको बताउँदै एआईको प्रयोगबाट ग्राहकको आवश्यकता बुझ्न, मागको पूर्वानुमान गर्न, व्यक्तिगत रूपमा सञ्चार गर्न, सम्भावित अवसर पहिचान गर्न तथा बिक्री उत्पादकत्व वृद्धि गर्न सकिने बताए ।

उनले प्रविधिले उत्कृष्ट बिक्रीकर्मीलाई पूर्ण रूपमा विस्थापित गर्न नसक्ने धारणा राखे । ‘प्रविधि महत्वपूर्ण उपकरण हो, तर विश्वास, मानवीय सम्बन्ध, सहानुभूति र प्रभावकारी संवादको विकल्प प्रविधि मात्र हुन सक्दैन,’ उनले भने ।

नेपालको आर्थिक रूपान्तरणमा दक्ष र सक्षम बिक्री तथा व्यावसायिक जनशक्तिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अग्रवालले पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि, उत्पादन, वित्तीय सेवा, शिक्षा, खुद्रा व्यापार तथा सिर्जनात्मक उद्योगमा नेपालको ठूलो सम्भावना रहेको बताए ।

उनले राम्रो उत्पादन वा सेवा निर्माण गर्नु मात्र पर्याप्त नभएको उल्लेख गर्दै त्यसलाई नेपालभित्र र अन्तर्राष्ट्रिय बजारमा कसरी प्रभावकारी रूपमा पु¥याउने भन्ने विषय उत्तिकै महत्वपूर्ण रहेको बताए ।

Muktinath Bikas Bank Limited

‘हाम्रो पर्यटन उद्योगले कसरी उच्च मूल्यका पर्यटक आकर्षित गर्न सक्छ ? नेपाली सूचना प्रविधि व्यवसायीले कसरी विश्व बजारमा डिजिटल सेवा बेच्न सक्छन् ? कृषि उत्पादनलाई कसरी अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन सकिन्छ ?’ उनले प्रश्न गर्दै यी विषय सरकारको मात्र नभई निजी क्षेत्रको समेत साझा जिम्मेवारी भएको बताए ।

अग्रवालले मानव पूँजी विकासमा विशेष जोड दिँदै प्रविधिले उपकरण उपलब्ध गराए पनि वास्तविक परिणाम मानिसले नै सिर्जना गर्ने बताए । नेपाललाई प्रविधिमा दक्ष, डेटा–आधारित, सिर्जनशील, नैतिक, ग्राहककेन्द्रित, परिवर्तनअनुकूल र उत्कृष्ट सञ्चार क्षमता भएका बिक्री व्यवसायी आवश्यक रहेको उनको भनाइ थियो ।

उनले शैक्षिक योग्यता मात्र आजको प्रतिस्पर्धात्मक बजारमा पर्याप्त नहुने उल्लेख गर्दै निरन्तर सिकाइ, व्यावहारिक सीप र व्यावसायिक नेतृत्व विकासमा जोड दिनुपर्ने बताए ।

अध्यक्ष अग्रवालले आधुनिक ग्राहक पहिलेभन्दा बढी सचेत र जानकारीसम्पन्न रहेको बताउँदै ग्राहकले उत्पादन, मूल्य, गुणस्तर र कम्पनीको प्रतिष्ठाबारे तत्काल जानकारी लिन सक्ने अवस्था रहेको बताए । त्यसैले व्यवसायमा विश्वास निर्माण र नैतिक बिक्री अभ्यास अत्यन्त महत्वपूर्ण भएको उनको भनाइ थियो ।

उनले युवालाई हरेक दिन नयाँ कुरा सिक्ने बानी विकास गर्न आग्रह गर्दै प्रविधि, डेटा विश्लेषण, सञ्चार, वार्ता कौशल तथा ग्राहक र आफ्ना असफलताबाट सिक्नुपर्ने बताए ।

‘महत्त्वाकांक्षी बन्नुहोस्, तर नैतिक पनि बन्नुहोस्। प्रतिस्पर्धी बन्नुहोस्, तर सहकार्यको भावना पनि राख्नुहोस् । प्रविधिको प्रयोग गर्नुहोस्, तर मानवीय सम्बन्ध कहिल्यै नबिर्सनुहोस् उनले भने ।

अग्रवालले निजी क्षेत्र, शैक्षिक संस्था र व्यावसायिक एकेडेमीहरूले मिलेर नयाँ पुस्तालाई भविष्यको बजारका लागि तयार पार्नुपर्नेमा जोड दिँदै विचार आदानप्रदान, नेतृत्व विकास, प्रविधिको प्रयोग र व्यावसायिक सीप अभिवृद्धिमार्फत नेपालको आर्थिक विकासमा योगदान पु¥याउन सकिने बताए ।

उनले प्रत्येक चुनौती र असफलतालाई नयाँ अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै निरन्तर सिकाइ, आत्मविश्वास, नैतिकता र नवप्रवर्तनको संयोजनले नेपाली व्यवसाय र अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउन सकिने विश्वास व्यक्त गरे ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.