आईतवार, भाद्र ७,२०८३ 09:13:59
Bizshala
  • आईतवार, भाद्र ७,२०८३ 09:13:59
Bizshala
Global IME Bank Limited

अमेरिका र क्यानडा व्यापार युद्धमा प्रवेश, ट्यारिफको कडा जवाफ दिने क्यानडेली प्रधानमन्त्रीको चेतावनी

अमेरिका र क्यानडा व्यापार युद्धमा प्रवेश, ट्यारिफको कडा जवाफ दिने क्यानडेली प्रधानमन्त्रीको चेतावनी
New Office

काठमाण्डौ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले क्यानडेली वस्तुमाथि लगाएको नयाँ ट्यारिफलाई ‘ठूलो गलत निर्णय’ भन्दै त्यसको उद्देश्य क्यानडालाई कमजोर बनाउने र विभाजित गर्ने रहेको आरोप लगाएका छन्।

अमेरिका र क्यानडाबीचको व्यापार वार्ता शुक्रबार राति असफल भएपछि शनिबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै कार्नीले अमेरिकाले अत्यधिक माग राखेको तर त्यसको बदलामा निकै कम प्रस्ताव गरेको बताएका हुन्।

कार्नीले अमेरिका–क्यानडा व्यापार विवाद अब ‘ट्रेड वार’ अर्थात् व्यापार युद्धको अवस्थामा प्रवेश गरेको बताएका छन्। उनका अनुसार अमेरिकाले क्यानडेली सामानमा भारी नयाँ ट्यारिफ लगाएपछि क्यानडाले पनि त्यसको जवाफ दिने तयारी गरेको छ।

Bizshala
CG Motors

क्यानडाले आगामी ८ सेप्टेम्बरदेखि अमेरिकी ट्यारिफको ‘डॉलर–फर–डॉलर’ आधारमा प्रतिकार गर्ने घोषणा गरेको छ। उक्त जवाफी ट्यारिफमा स्टील, डेरीजन्य वस्तु, घरेलु उपकरण तथा इलेक्ट्रोनिक्सलगायत अमेरिकी उत्पादन समेटिने बताइएको छ।

दुई देशबीचको व्यापार वार्ता असफल भएसँगै लामो समयदेखि कायम रहेको अमेरिका–क्यानडाको घनिष्ठ व्यापारिक सम्बन्धमा गम्भीर असर पर्ने देखिएको छ। हाल विवाद समाधानका लागि स्पष्ट मार्गसमेत देखिएको छैन।

यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

यसै साता दुवै देशबीच व्यापार सम्झौता हुने अपेक्षा गरिएको थियो। तर अन्तिम चरणमा दुवै पक्षले एक–अर्कामाथि सहमति नजिक पुगेपछि शर्त परिवर्तन गरेको आरोप लगाएपछि वार्ता विफल भएको हो।

वार्ता असफल भएपछि अमेरिकाले क्यानडाबाट आयात हुने केही वस्तुमाथि ५० प्रतिशतसम्म नयाँ ट्यारिफ लागू गरेको छ। यो क्यानडेली स्टील, एल्युमिनियम, सवारीसाधन तथा काठजन्य वस्तुमाथि यसअघि नै लगाइएको अमेरिकी ट्यारिफभन्दा अतिरिक्त हो।

यद्यपि, नयाँ ट्यारिफको दायरा तुलनात्मक रूपमा सीमित रहेको बताइएको छ। यो क्यानडाबाट अमेरिका जाने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा लागू हुनेछ, जुन कुल क्यानडेली आयातको करिब ५ प्रतिशत हो। प्रभावित वस्तुमा मदिरा, डेरी उत्पादन, सिमेन्ट, कपडा तथा हकीसम्बन्धी सामग्रीलगायत छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.