आईतवार, भाद्र ७,२०८३ 04:57:20
Bizshala
  • आईतवार, भाद्र ७,२०८३ 04:57:20
Bizshala
Global IME Bank Limited

मुख्यमन्त्री किरण थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

मुख्यमन्त्री किरण थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
New Office

काठमाण्डौ। नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेपछि कांग्रेसले आफ्ना प्रदेशसभा सदस्यलाई प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो।

Bizshala
CG Motors

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको ह्विपमा प्रदेशसभाको बैठकमा अनिवार्य रूपमा उपस्थित हुन, मतदानमा तटस्थ नरहन तथा मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिइएको छ।

कांग्रेसले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको जनाउँदै आफ्ना सांसदलाई पार्टीको निर्णयअनुसार मतदान गर्न ह्विप जारी गरेको हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.