शुक्रबार, आश्विन २,२०८३ 02:17:04
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 02:17:04
Bizshala
Global IME Bank Limited

पोखरा–दुबई हवाई सम्पर्कले खोल्नेछ पर्यटन र व्यापारको नयाँ ढोका

पोखरा–दुबई हवाई सम्पर्कले खोल्नेछ पर्यटन र व्यापारको नयाँ ढोका
New Office

काठमाण्डौ । पोखरा–दुबई नियमित उडानलाई सफल र दिगो बनाउने विषयमा पोखराका पर्यटन तथा निजी क्षेत्रका प्रतिनिधि र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्लाह बिन साइद मुबारक जरवान अल साम्सीबीच छलफल भएको छ।

छलफलमा सहभागी व्यवसायीहरूले पोखरालाई दुबईजस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग नियमित रूपमा जोड्न सके पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रका लागि नयाँ अवसर खुल्ने बताएका छन्।

उनीहरूले पोखरा–दुबई नियमित उडानलाई केवल एउटा नयाँ हवाई रुटका रूपमा नभई अन्तर्राष्ट्रिय पर्यटक आगमन, लगानी, व्यापार तथा पर्यटन प्रवर्द्धनका हिसाबले महत्वपूर्ण खुड्किलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

छलफलमा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की सहभागी थिए।

त्यस्तै नाटा गण्डकी प्रदेशका कार्यकारी सदस्य विजय पौडेल तथा नाटा केन्द्रीय अध्यक्ष भरतजंग पाण्डेलगायतले पोखरा–दुबई उडानले सिर्जना गर्न सक्ने सम्भावनाबारे राजदूतसँग धारणा राखेका थिए।

व्यवसायीहरूले पोखराबाट दुबईसम्म नियमित उडान सञ्चालन हुनु गण्डकी प्रदेशको पर्यटन विस्तारका लागि महत्वपूर्ण उपलब्धि हुने उल्लेख गर्दै यसको निरन्तरताका लागि निजी क्षेत्र, प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको बताए।

उनीहरूले उडानलाई व्यावसायिक रूपमा सफल बनाउन यात्रु संख्या वृद्धि, पर्यटन प्रवर्द्धन, ट्राभल प्याकेज निर्माण तथा दुबईमार्फत अन्तर्राष्ट्रिय बजारमा पोखराको पहुँच विस्तार गर्नुपर्नेमा समेत जोड दिएका छन्।

छलफलका क्रममा व्यवसायीहरूले दुबई जाने नेपाली यात्रुले भोग्दै आएको ‘प्रहरी चारित्रिक प्रमाणपत्र’ सम्बन्धी प्रक्रियाबारे पनि राजदूतको ध्यानाकर्षण गराएका थिए।

कामदारका हकमा लागू गरिएको उक्त व्यवस्था तत्काल हटाउन सम्भव नभए पनि पर्यटक भिसामा दुबई जाने नेपालीका लागि अनिवार्य गरिएको प्रहरी चारित्रिक प्रमाणपत्रको व्यवस्था हटाउन उनीहरूले विशेष आग्रह गरेका छन्।

राजदूत अल साम्सीले व्यवसायीहरूले उठाएका विषयमा आवश्यक सहयोग तथा समन्वयका लागि आफू सकारात्मक रहेको बताएका थिए।

व्यवसायीहरूले पोखरा–दुबई नियमित हवाई सम्पर्क दिगो बनाउन सके यसले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग प्रत्यक्ष जोड्नुका साथै गण्डकी प्रदेशको पर्यटन, व्यापार र लगानी विस्तारमा समेत नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरेका छन्।

Shivam Cement
Bizshala
CG Motors
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.