शनिबार, आश्विन १०,२०८३ 09:10:13
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 09:10:13
Bizshala
Global IME Bank Limited

भोटेकोशीमा आएको बाढीले रसुवागढी जलविद्युत आयोजनामा ठूलो क्षति, कर्मचारीको अवस्था अज्ञात

Bizshala
भोटेकोशीमा आएको बाढीले रसुवागढी जलविद्युत आयोजनामा ठूलो क्षति, कर्मचारीको अवस्था अज्ञात
New Office

काठमाण्डौ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ। आयोजनाको बाँधस्थल, आवासगृह तथा जलविद्युत केन्द्रका अधिकांश संरचनामा बाढीले क्षति पुर्याएको कम्पनीले जनाएको छ।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सार्वजनिक गरेको जानकारीअनुसार बुधबार बिहान भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण आयोजनाका विभिन्न संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार आयोजनाको जलविद्युत केन्द्रमा कार्यरत अधिकांश कर्मचारीको अवस्था समेत हालसम्म अज्ञात रहेको छ। बाढीका कारण आयोजनास्थलमा सम्पर्क तथा उद्धार कार्य प्रभावित भएकाले कर्मचारीको अवस्थाबारे यकिन विवरण प्राप्त हुन नसकेको जनाइएको छ।

कम्पनीले काबुबाहिरको अप्रत्याशित परिस्थितिका कारण हालका लागि रसुवागढी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको जानकारी दिएको छ।

गोसाइँकुण्ड गाउँपालिका–१ र २ को सीमामा निर्माण सम्पन्न भएको उक्त आयोजनाको संरचनामा भएको क्षतिको विस्तृत विवरण भने प्रारम्भिक मूल्याङ्कनपछि मात्र स्पष्ट हुने कम्पनीले जनाएको छ। बाढीपछि आयोजना क्षेत्रमा खोजी तथा उद्धार कार्यसँगै क्षतिको अवस्थाबारे थप विवरण संकलन गर्ने प्रक्रिया अघि बढ्ने बताइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.