काठमाडौं। सानिमा बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि २ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।
भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहायता प्रदान गर्न लागिएको बैंकले जनाएको छ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइनेछ।
भोटेकोशीमा आएको भीषण बाढी तथा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्याउनुका साथै धेरै परिवारलाई विस्थापित बनाएको छ। विपद्पछिको खोज तथा उद्धार, तत्काल राहत र दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्याउन बैंकले रकम उपलब्ध गराउने निर्णय गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।