Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 10:35:20
Bizshala
Global IME Bank Limited

हिमालयन रिका सीईओ उपासना पौडेल पक्राउ

हिमालयन रिका सीईओ उपासना पौडेल पक्राउ
New Office

काठमाडौं। विवादित व्यवसायी दीपक भट्टसँग जोडिएको बीमा कारोबार प्रकरणमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल पक्राउ परेकी छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ३९ वर्षीया पौडेललाई बिहीबार काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो। सीआईबीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

Bizshala
CG Motors

नेपाल बीमा प्राधिकरणले ललितपुरको कुपण्डोलस्थित ट्रस्ट इन्स्योरेन्स ब्रोकर प्रालिमा गरेको निरीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा पौडेलमाथि अनुसन्धान अगाडि बढाइएको हो। सोही प्रतिवेदनले औँल्याएका विषयमा बीमा ऐन, २०७९ अन्तर्गत कसुर भएको आशंकामा सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले पौडेलमाथि बीमा ऐन, २०७९ को दफा १४० को उपदफा १ का खण्ड ‘छ’ र ‘झ’ बमोजिमका कसुरमा अनुसन्धान भइरहेको जनाएको छ। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि सीआईबीको हिरासतमा राखिएको छ।

स्थायी ठेगाना सर्लाही भई काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी पौडेल हिमालयन रिइन्स्योरेन्सकी सीईओ हुन्। उनी नेतृत्वमा रहँदाका कतिपय बीमा तथा पुनर्बीमा कारोबारलाई दीपक भट्टसँग जोडेर अनुसन्धान भइरहेको स्रोतको दाबी छ।

पौडेलको पक्राउलाई सामान्य प्रशासनिक त्रुटिको अनुसन्धानका रूपमा मात्र नभई बीमा तथा पुनर्बीमा क्षेत्रमा भट्ट समूहको प्रभाव र त्यससँग जोडिएका कारोबारमाथि अनुसन्धान केन्द्रित भएको संकेतका रूपमा हेरिएको छ। यद्यपि, सीआईबीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा दीपक भट्टको नाम भने उल्लेख गरेको छैन।

बीमा प्राधिकरणको निरीक्षण प्रतिवेदनबाट सुरु भएको अनुसन्धान अब हिमालयन रिइन्स्योरेन्सको तत्कालीन उच्च व्यवस्थापनसम्म पुगेको छ। अनुसन्धानका क्रममा पौडेलले गरेका निर्णय, ट्रस्ट इन्स्योरेन्स ब्रोकरसँगको कारोबार तथा त्यसमा संलग्न अन्य व्यक्ति वा संस्थाको भूमिकासमेत छानबिनको दायरामा पर्न सक्ने देखिएको छ।

सीआईबीले हालसम्म अनुसन्धानको विस्तृत विषय, कारोबारको रकम र अन्य सम्भावित संलग्न व्यक्तिको विवरण सार्वजनिक गरेको छैन। पौडेलमाथि लागेको आरोप अदालतबाट प्रमाणित हुन भने बाँकी छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.