Bizshala
  • शुक्रबार, भाद्र १२,२०८३ 11:01:42
Bizshala
Global IME Bank Limited

भदौ १३ देखि हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन

भदौ १३ देखि हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
New Office

काठमाण्डौ । शिक्षा मन्त्रालयले प्राकृतिक विपद्का कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै भदौ १३ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ।

मन्त्रालयले विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भइरहेको अवस्थालाई ध्यानमा राख्दै विश्वविद्यालयहरूलाई परीक्षा स्थगित गर्न निर्देशन दिएको हो।

मन्त्रालयले स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्नसमेत निर्देशन दिएको छ। यस्तै, भदौ १२ गते निर्धारित परीक्षा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ।

Bizshala
CG Motors

मन्त्रालयले विश्वविद्यालयहरूलाई अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रमसमेत स्थगित गर्न निर्देशन दिएको छ।

विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालयले आग्रह गरेको छ।

त्यस्तै, प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न र विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राख्दै विद्यार्थीको शैक्षिक निरन्तरता तथा सहजीकरणका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

मन्त्रालयले वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै निर्देशनमा उल्लेखित व्यवस्था तत्काल कार्यान्वयन गर्न विश्वविद्यालयहरूलाई आग्रह गरेको छ।

विपद्को कठिन समयमा विश्वविद्यालय परिवारअन्तर्गतका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिई आवश्यक निर्णय लिनसमेत मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.