Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 08:47:45
Bizshala
Global IME Bank Limited

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट ग्यास आपूर्ति हुने

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट ग्यास आपूर्ति हुने
New Office

काठमाण्डौ । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि प्रभावित बनेको एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकाय, ग्यास उद्योगी तथा सरोकारवालासँग निरन्तर संवाद र समन्वय गरेपछि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यासको आपूर्ति सहज बनाउने व्यवस्था गरिएको हो ।

मन्त्री यादवको पहलपछि नेपाल आयल निगमले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासीलगायतका जिल्लामा रहेका ग्यास उद्योगसँग समन्वय गरी खाली सिलिन्डर रिफिल गर्ने व्यवस्था मिलाएको छ । आवश्यकताअनुसार अन्य जिल्लाका ग्यास उद्योगसँग समेत समन्वय गरी आपूर्ति व्यवस्थालाई निरन्तरता दिइनेछ ।

Bizshala
CG Motors

रिफिल गरिएका एलपी ग्यास सिलिन्डरहरू कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा ढुवानी गरी बिक्री–वितरण गरिनेछ ।

त्यस्तै, पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन ट्यांकर तथा ट्रकलाई स्थानीय प्रशासनसँग समन्वय गरी वैकल्पिक मार्गबाट काठमाडौंसम्म ल्याउने व्यवस्था समेत मिलाइएको नेपाल आयल निगमले जनाएको छ ।

बाढीका कारण मुख्य सडक अवरुद्ध भई पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको ढुवानीमा समस्या देखिएपछि मन्त्री यादवले तत्काल सम्बन्धित निकाय तथा सरोकारवालासँग निरन्तर छलफल र समन्वय गरेकी थिइन् ।  

वैकल्पिक आपूर्ति प्रणालीमार्फत काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा ग्यास अभाव हुन नदिने गरी आपूर्ति व्यवस्थापन गरिएको निगमले जनाएको छ ।

कृष्णभीर सडक पुनः सञ्चालनमा नआएसम्म वैकल्पिक मार्ग तथा अन्य जिल्लाका ग्यास उद्योगसँगको समन्वयमार्फत एलपी ग्यासको आपूर्तिलाई निरन्तरता दिइनेछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.