Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 02:57:26
Bizshala
Global IME Bank Limited

आईपीओ ल्याउँदै डिभाइन हेल्थकेयर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

आईपीओ ल्याउँदै  डिभाइन हेल्थकेयर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
New Office

 

काठमाण्डौ । औषधि उत्पादक कम्पनी डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।

यससम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका तर्फबाट अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको जनाएको छ।

सम्झौता कार्यक्रममा डिभाइन हेल्थकेयरका प्रबन्ध सञ्चालक सुसान्त मुरारका तथा सञ्चालकहरू मनोज केसी र विनय तोदीको समेत उपस्थिति थियो।

वि.सं. २०७४ कात्तिक १४ गते स्थापना भएको डिजाइन हेल्थकेयर लिमिटेड भरतपुर महानगरपालिका–१६, विजयनगर, चितवनमा सञ्चालित औषधि उत्पादक कम्पनी हो।

कम्पनीले औषधि व्यवस्था विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आवश्यक उत्पादन तथा बजारीकरणसम्बन्धी स्वीकृति लिएर औषधि उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ।

Bizshala
CG Motors

कम्पनीका अनुसार हाल ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण भइरहेको छ। कम्पनीद्वारा उत्पादित Acidex, Nexofast 5 र Pregex Range लगायतका औषधिको बजारमा उल्लेख्य बिक्री भइरहेको जनाइएको छ।

कम्पनीले आगामी माघदेखि COPD (Chronic Obstructive Pulmonary Disease) का बिरामीका लागि आवश्यक DPI (Dry Powder Inhaler) औषधिसमेत उत्पादन सुरु गर्ने तयारी गरेको छ।

करिब एक बिघा क्षेत्रफलमा फैलिएको कम्पनी पछिल्ला तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको जनाएको छ। हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्य रूपमा स्वपुँजीबाट सञ्चालन भइरहेको कम्पनीको दाबी छ।

कम्पनीको देशभर १२५ भन्दा बढी वितरकको सञ्जाल रहेको छ।

आईपीओबाट प्राप्त हुने पुँजीलाई नयाँ प्रविधिको विस्तार, नयाँ औषधिको विकास, विद्यमान औषधिको गुणस्तर सुधार तथा उत्पादन प्रक्रियालाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन अनुसन्धान तथा विकास (Research & Development) मा प्राथमिकताका साथ प्रयोग गर्ने कम्पनीको योजना छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.