सोमबार, भाद्र १५,२०८३ 08:03:10
Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 08:03:10
Bizshala
Global IME Bank Limited

सरकारी कोषमा होइन, पीडितकै हातमा राहत : एमालेले जुटाउने भयो १ करोड २० लाख

सरकारी कोषमा होइन, पीडितकै हातमा राहत : एमालेले जुटाउने भयो १ करोड २० लाख
New Office

 

काठमाण्डौ । नेकपा एमालेले रसुवा बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ जुटाउने घोषणा गरेको छ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीले केन्द्रीय तहबाटै विपद् व्यवस्थापन कोष परिचालन गर्ने जानकारी दिएका हुन्।

कार्यक्रममा एमालेको बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीले १०–१० लाख रुपैयाँका दरले कुल २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए।

उक्त रकम ग्रहण गर्दै ओलीले पार्टीको तर्फबाट विपद् प्रभावित नागरिकका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गरी राहत तथा पुनर्स्थापनामा परिचालन गरिने बताए।

राहत वितरणको प्रक्रियाबारे ओलीले सरकारी कोषमा रकम जम्मा गरेर मात्र बस्दा वास्तविक पीडितसम्म राहत पुग्न ढिलाइ हुन सक्ने टिप्पणी गरे। त्यसैले पार्टीले पीडितसम्म छिटो र प्रत्यक्ष रूपमा सहयोग पुग्ने संयन्त्र अपनाउने उनको भनाइ छ।

Bizshala
CG Motors

‘सरकारको कोषमा रकम जम्मा गर्दा कहिलेकाहीँ रकम खातामै थन्किने र पीडितले तत्काल पिउने पानीसमेत नपाउने अवस्था हुन्छ,’ ओलीले भने, ‘हाम्रो प्राथमिकता कोष बलियो बनाउने मात्रै होइन, पीडितका हातमा छिटो राहत पुर्‍याउनु हो।’

उनका अनुसार राहत तथा पुनर्स्थापनाका लागि वास्तविक पीडितसम्म सबैभन्दा छिटो र प्रभावकारी ढंगले पुग्न सकिने माध्यम पार्टीले प्रयोग गर्नेछ।

ओलीले विपद्को घडीमा राजनीतिक वा संस्थागत सीमाभन्दा माथि उठेर राहत तथा पुनर्स्थापनाका काममा जिम्मेवार ढंगले जुट्न सबै पक्षलाई आग्रहसमेत गरे।

रसुवाको भोटेकोशी बाढीपछि विभिन्न दल, निजी क्षेत्र, संघसंस्था तथा व्यक्तिहरूबाट सहयोग घोषणा र राहत संकलनको क्रम जारी छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.