बुधबार, भाद्र १७,२०८३ 01:42:40
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 01:42:40
Bizshala
Global IME Bank Limited

बाढी प्रभावित सहकारीलाई राष्ट्रिय सहकारी बैंकको २० लाख सहयोग, उद्धार कोषमा थप ५.५५ लाख

बाढी प्रभावित सहकारीलाई राष्ट्रिय सहकारी बैंकको २० लाख सहयोग, उद्धार कोषमा थप ५.५५ लाख
New Office

 

काठमाण्डौ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी सङ्घ–संस्थाहरूको सेवा पुनःसञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ।

भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट सहकारी संस्थाहरूको भौतिक पूर्वाधार, अभिलेख तथा प्रविधिगत सामग्रीमा क्षति पुगेपछि बैंकले उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

बैंकका अनुसार विपद्का कारण प्रभावित सहकारी संस्थाहरूको नियमित सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएको छ। विनियोजित २० लाख रुपैयाँ सम्बन्धित जिल्ला सहकारी सङ्घहरूसँगको समन्वयमा तथा बैंकको सञ्चालक समितिबाट स्वीकृत मापदण्डअनुसार वितरण गरिनेछ।

यस्तै, बाढीपहिरोबाट बैंकको नुवाकोट शाखामा कार्यरत तीन कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको र केही कर्मचारीका आफन्त अझै सम्पर्कविहीन रहेको बैंकले जनाएको छ।

प्रभावित कर्मचारीको सहयोगका लागि बैंकका कर्मचारीहरूले स्वःस्फूर्त रूपमा ६ लाख ४ हजार ५३२ रुपैयाँ ६७ पैसा सङ्कलन गरेका छन्। उक्त रकममध्ये प्रभावित तीन कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत उपलब्ध गराइएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

बैंकको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूले समेत एक दिन बराबरको बैठक भत्ता सहयोगस्वरूप उपलब्ध गराउने भएका छन्।

यसैगरी, बैंकको सञ्चालक समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिने भएको छ।

बैंकले बाढीपहिरोमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्का बेला खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा सक्रिय नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवी संस्था तथा अन्य सरोकारवाला निकायको भूमिकाको प्रशंसा गर्दै बैंकले प्रभावित नागरिकका लागि सुरक्षित उद्धार, अस्थायी आवास, खाद्यान्न, खानेपानी तथा स्वास्थ्य सेवाजस्ता आधारभूत आवश्यकता शीघ्र सुनिश्चित गर्न आग्रह गरेको छ।

राष्ट्रिय सहकारी बैंकले सहकारी क्षेत्रको साझा वित्तीय संस्थाका रूपमा प्रभावित सहकारीहरूको पुनःस्थापना, सेवा प्रवाहको निरन्तरता तथा संस्थागत सुदृढीकरणका लागि आवश्यक वित्तीय, प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.