शनिबार, आश्विन १७,२०८३ 10:29:37
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 10:29:37
Bizshala
Global IME Bank Limited

घाम पावरद्वारा नेपालमै पहिलो ‘सोल्युबल लिड–फ्लो ब्याट्री’ प्रदर्शन ,पुराना ब्याट्रीको सिसाबाट ऊर्जा भण्डारण

Bizshala
घाम पावरद्वारा नेपालमै पहिलो ‘सोल्युबल लिड–फ्लो ब्याट्री’ प्रदर्शन ,पुराना ब्याट्रीको सिसाबाट ऊर्जा भण्डारण
New Office

 

काठमाण्डौ । घाम पावर नेपालले नेपालमै पहिलोपटक ‘सोल्युबल लिड–फ्लो ब्याट्री’ (SLFB) प्रविधिको प्रत्यक्ष प्रदर्शन गरेको छ। प्रयोग भइसकेका लिड–एसिड ब्याट्रीबाट पुनःप्राप्त सिसालाई पुनःप्रयोग गर्दै स्वच्छ ऊर्जा भण्डारण गर्न सकिने यो प्रविधिलाई नेपालका लागि सम्भावनायुक्त ऊर्जा भण्डारण विकल्पका रूपमा प्रस्तुत गरिएको हो।

घाम पावरले भदौ १९ गते आयोजना गरेको विशेष प्रेस भेटघाटमा युनिभर्सिटी अफ साउथह्याम्पटनका प्राध्यापक रिचर्ड विल्सले उक्त प्रविधिको प्रत्यक्ष प्रदर्शन गरेका थिए। कार्यक्रममा सञ्चारकर्मी तथा ऊर्जा क्षेत्रका पेशाकर्मीलाई ब्याट्री कसरी तयार हुन्छ, कसरी चार्ज र डिस्चार्ज हुन्छ तथा यसमा प्रयोग हुने सामग्री कसरी पुनःप्रयोग गरिन्छ भन्नेबारे जानकारी दिइएको थियो।

कम्पनीका अनुसार सोल्युबल लिड–फ्लो ब्याट्रीको मुख्य विशेषता प्रयोग भइसकेका लिड–एसिड ब्याट्रीबाट प्राप्त सिसालाई ऊर्जा भण्डारणका लागि पुनःप्रयोग गर्नु हो। नेपालमा सौर्य र जलविद्युत् उत्पादन विस्तार हुँदै जाँदा ऊर्जा भण्डारणको आवश्यकता पनि बढिरहेको अवस्थामा यो प्रविधिले नवीकरणीय ऊर्जालाई प्रणालीमा समाहित गर्न तथा लामो अवधिको स्थिर ऊर्जा भण्डारणमा सहयोग गर्न सक्ने विश्वास गरिएको छ।

प्रदर्शनका क्रममा प्रा. विल्सले प्रयोग भइसकेका ब्याट्रीबाट सिसा कसरी प्राप्त गरिन्छ र त्यसलाई फ्लो ब्याट्री प्रविधिमा कसरी प्रयोग गरिन्छ भन्ने प्रक्रिया पनि देखाएका थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो प्रविधिको विकास तथा नेपाली वातावरणअनुकूल रूपान्तरणका लागि घाम पावर, युनिभर्सिटी अफ साउथह्याम्पटन, SOLead Energy र Swanbartonबीच सहकार्य भइरहेको छ। अन्तर्राष्ट्रिय अनुसन्धान अनुभव र नेपालको स्थानीय आवश्यकतालाई जोडेर प्रविधिलाई यहाँको सञ्चालन वातावरणअनुकूल बनाउने प्रयास भइरहेको कम्पनीले जनाएको छ।

घाम पावरका अनुसार नेपालको स्वच्छ ऊर्जा उत्पादन क्षमता बढ्दै जाँदा ऊर्जा भण्डारण प्रविधिको भूमिका अझ महत्त्वपूर्ण बन्नेछ। पुनःप्रयोग गरिएको सामग्रीमा आधारित सोल्युबल लिड–फ्लो ब्याट्रीले नेपालको स्रोत र आवश्यकतासँग मेल खाने वैकल्पिक समाधान दिन सक्ने कम्पनीको अपेक्षा छ।

सन् २०१० मा स्थापना भएको घाम पावर नेपाल प्रालिले हालसम्म ४ हजारभन्दा बढी परियोजना कार्यान्वयन गरी १८ मेगावाट सौर्य क्षमता जडान गरेको जनाएको छ। कम्पनीका अनुसार उसका परियोजनाबाट ८८ हजार ६३६ टनभन्दा बढी कार्बनडाइअक्साइड उत्सर्जन घटाउन, ३३ हजार ७३ किलोलिटरभन्दा बढी डिजेल विस्थापन गर्न तथा ६० हजारभन्दा बढी मानिसको जीवनमा प्रभाव पार्न सहयोग पुगेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.