काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३१ हजार ५८८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२५ रुपैयाँ तोकिएको छ ।
इच्छुक लगानीकर्ताले असोज २ गतेसम्म आवेदन दिनु पर्नेछ । यस्तो आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमा दिनुपर्नेछ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम ५ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि दिन सकिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।