मंगलवार, असार १६,२०८३ 12:27:01
Bizshala
  • मंगलवार, असार १६,२०८३ 12:27:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पारदर्शी ‘नथिङ फोन टू’ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर

Laxmi Sunrise Bank Limited
पारदर्शी ‘नथिङ फोन टू’ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाण्डौ । बेलायती ब्राण्ड नथिङ मोबाइल नेपालमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले सार्वजनिक गरेको हो।कम्पनीले दुई भेरियन्टमा ‘नथिङ फोनटू’ नेपालमा सार्वजनिक गरेको हो।

नथिङ फोन टूमा टूजीदेखि फाइभजी प्रविधि छ।गोरिल्ला ग्लास र अलुमिनियम फ्रेम रहेको फोनमा दुईवटा सीम कार्ड लाग्छ। फोनमा १६०० निट्स अधिकतम ब्राइटनेस रहेको फोनमा ६।७ इञ्चको एलटीपीओ ओलेड डिस्प्ले प्रदान गरिएको छ।

एन्ड्रोइड १३ रहेको फोन एन्ड्रोइड १४ मा अपग्रेड गर्न सकिने रनथिङ अपरेटिङ सिस्टम २.५.३मा आधारित रहेको कम्पनीले जनाएको छ।

यसमा चार एनएम प्रोसेस टेक्नोलोजी प्रयोग गरिएको क्वालकमको एसएम ८४७५ स्न्याप ड्र्यागन ८ प्लस जेन १ चिपसेट छ।फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ।  

पछाडिको क्यामेराबाट ४ के भिडियो ३० र ६० एफपीएसमा खिच्न सकिन्छ भने अगाडिको सेल्फी क्यामेराबाट १०८० पिक्सेलको भिडियो ३० एफपीएसमा खिच्न सकिने कम्पनीले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

फिंगरप्रिन्ट सेन्सर रहेको फोनमा ४७०० एमएएचको लिथियम आयन ब्याट्री छ।नथिङ फोन टूलाई ४५ वाटको चार्जरबाट ५५ मिनटेमा फुलचार्ज गर्न सकिने कम्पनीको भनाइ छ।

कति छ मूल्य ?

सेतो र डार्क ग्रे रङमा दुई भेरियन्टमा नथिङ फोन टू नेपालमा उपलब्ध रहेको सीजी मोबाइल्सले जनाएको छ।जसमा १५ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ७५ हजार ६९९रुपैयाँ छ।  

यस्तै, १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको फोनको मूल्य ८३ हजार २९९ रुपैयाँ छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.