सोमबार, कार्तिक ९,२०८३ 09:03:03
  • सोमबार, कार्तिक ९,२०८३ 09:03:03
Global IME Bank Limited

ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

Bizshala
ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा
New Office

काठमाण्डौ । उत्कृष्ट स्पिन बलिङको मद्दतमा नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। नेपालको जितमा स्पिन बलरहरूले प्रभावशाली प्रदर्शन गर्दै ओमानको ब्याटिङ लाइनअप ध्वस्त पारे।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल भने ४५.४ ओभरमा १४७ रनमा समेटिएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बासिर अहमदले ४७ रनको महत्वपूर्ण योगदान दिए।

नेपाल ३६ रनमा चार विकेट गुमाएर संकटमा परेको अवस्थामा दीपेन्द्र र बासिरले पाँचौँ विकेटका लागि ९३ रनको साझेदारी गर्दै टोलीको इनिङ्स सम्हालेका थिए। उनीहरूको साझेदारीपछि नेपाल १२९–५ को अवस्थामा पुगे पनि त्यसपछि लगातार विकेट गुमाउँदै १४७ रनमा अलआउट भएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपालका देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओमानका लागि जे ओडेड्राले १० ओभरमा २६ रन खर्चेर तीन विकेट लिए। हसनैन शाहले ८.४ ओभरमा २८ रन दिएर तीन विकेट हात पारे। मोहम्मद इमरानले दुई तथा शकिल अहमद र मुजिबुर अलीले एक–एक विकेट लिए।

१४८ रनको लक्ष्य पछ्याएको ओमानलाई नेपाली स्पिनरहरूले सुरुदेखि नै दबाबमा राखेका थिए। फलस्वरूप ओमानको टोली ६० रनमै समेटिएपछि नेपालले ८७ रनको फराकिलो जित दर्ता गर्‍यो।

अब नेपालले शनिबार हुने फाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल जित्न सके नेपाल एसिया कपमा छनोट हुनेछ। यसैगरी, सेमिफाइनल जितसँगै नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.