काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा निर्णय प्रक्रिया अघि बढाउने कार्यसूची रहेको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल हुनेछ।
त्यस्तै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
प्रतिनिधिसभाको बैठकसँगै शुक्रबार संघीय संसद्अन्तर्गतका विभिन्न छवटा समितिको बैठक समेत बस्ने कार्यक्रम रहेको छ। समितिहरूले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल गर्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।