काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको ९.९८ मेगावाट क्षमताको अपर माई जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।
आयोजनाको टनेल आउटलेट क्षेत्रमा अत्यधिक वर्षाका कारण एक्सपान्सन जोइन्टबाट ठूलो मात्रामा पानी चुहावट भएपछि मर्मतका लागि उत्पादन रोकिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार २०८३ भदौ २१ गते साँझ ६ः१० बजेदेखि आयोजनाको उत्पादन बन्द गरिएको हो। एक्सपान्सन जोइन्ट मर्मत गर्न टनेल पूर्ण रूपमा खाली गर्नुपर्ने भएकाले उत्पादन रोक्नुपरेको कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीले आवश्यक मर्मतसम्भारको काम यथाशीघ्र सम्पन्न गरी आयोजना पुनः सञ्चालनमा ल्याउने जनाएको छ। तर, विद्युत उत्पादन कहिलेदेखि पुनः सुरु हुन्छ भन्ने निश्चित समय भने खुलाइएको छैन।
उत्पादन अवरुद्ध हुँदा कम्पनीको विद्युत बिक्री र आम्दानीमा अस्थायी असर पर्न सक्ने देखिन्छ। कम्पनीले आयोजना पुनः सञ्चालनको प्रगति तथा उत्पादन सुरु हुने समयबारे थप जानकारी पछि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।