आईतवार, भाद्र २८,२०८३ 08:44:11
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 08:44:11
Bizshala
Global IME Bank Limited

कृष्णभिरमा यातायात खोल्ने तयारी तीव्र, काठमाण्डौको आपूर्ति संकट टर्ने आशा

कृष्णभिरमा यातायात खोल्ने तयारी तीव्र, काठमाण्डौको आपूर्ति संकट टर्ने आशा
New Office

काठमाण्डौ । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभिर खण्ड अवरुद्ध भएपछि प्रभावित बनेको काठमाण्डौको खाद्यान्न तथा एलपी ग्यास आपूर्ति केही दिनमै सहज हुने अपेक्षा गरिएको छ। सडक सञ्चालनमा ल्याउन आयोजनाले भिर कटानको काम पूरा गरी अब सडकको सतह निर्माणलाई तीव्रता दिएको छ।

पृथ्वी राजमार्गको मुग्लिङ–मलेखु खण्ड निर्माण आयोजनाका अनुसार कृष्णभिरमा करिब १५२ मिटर लामो र १० मिटर चौडा भिर काट्ने काम सकिएको छ। अब सडकको ग्रेड मिलाउने, सतह तयार गर्ने, कम्प्याक्सन गर्ने र ग्राभेल बिछ्याउने काम बाँकी छ।

काम निर्धारित गतिमा अघि बढे दुई–तीन दिनमै सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छ। आयोजनाले बढीमा असोज १ गतेसम्म सडक खुलाउने लक्ष्यसहित कामलाई तीव्र बनाएको छ।

सडक खुलाउन एक्साभेटर, बुल्डोजर, लोडर, ब्याकहो, टिप्पर, रक ब्रेकर र ग्रेडरसहितका उपकरण परिचालन गरिएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

भदौ १४ गतेदेखि राजमार्ग अवरुद्ध हुँदा तराई तथा मध्यपहाडी क्षेत्रबाट काठमाण्डौ भित्रिने खाद्यान्न, एलपी ग्यास र अन्य अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भएको छ। वैकल्पिक सडकबाट मागअनुसार आपूर्ति हुन नसक्दा राजधानीमा यसको प्रत्यक्ष असर देखिन थालेको छ।

त्यसैले सडक सञ्चालनमा आएपछि सबैभन्दा पहिले खाद्यान्न, एलपी ग्यासका बुलेट, औषधि बोकेका सवारीसाधन र एम्बुलेन्सलाई प्राथमिकता दिने तयारी गरिएको छ।

कृष्णभिरको अवरोधले काठमाण्डौलाई तराईका जिल्ला तथा मध्यपहाडी क्षेत्रसँगको प्रमुख सडक सम्पर्क प्रभावित बनाएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै काठमाण्डौ जाने दैनिक करिब १५ हजार सवारीसाधन प्रभावित भएका छन्।

तीमध्ये करिब चार हजार मालवाहक तथा खाद्यान्न ढुवानी गर्ने सवारीसाधन रहेको प्रहरीले जनाएको छ। लामो समयसम्म सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गमा चाप बढ्नुका साथै ढुवानी खर्च र यात्रा समयसमेत बढेको छ।

कृष्णभिरमा पहिरो जाने र सडक भासिने समस्या नयाँ भने होइन। यो क्षेत्रले २०५७ सालदेखि नै पटकपटक सडक यातायातमा समस्या दिँदै आएको छ। केही वर्ष समस्या नदेखिए पनि पछिल्लो पटक भदौ १४ गते सडक भासिएपछि पृथ्वी राजमार्गको महत्वपूर्ण खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.