शुक्रबार, आश्विन २३,२०८३ 11:45:42
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 11:45:42
Bizshala
Global IME Bank Limited

दशैं लक्षित हायरको ‘खुसीको पल’ अफर, होम अप्लायन्स खरिदमा उपहार र शून्य ब्याज ईएमआई

Bizshala
दशैं लक्षित हायरको ‘खुसीको पल’ अफर, होम अप्लायन्स खरिदमा उपहार र शून्य ब्याज ईएमआई
New Office

 

काठमाण्डौ । बहुराष्ट्रिय होम अप्लायन्स ब्रान्ड हायर स्मार्ट होमले नेपाली बजारमा दशैं लक्षित नयाँ उपभोक्ता योजना ‘Khusi Ko Pal with Haier, Sajau Harek Ghar’ सार्वजनिक गरेको छ।

नेपालका लागि हायरको आधिकारिक वितरक नियोटेरिक नेपालले चाडपर्वको अवसरमा फ्रिज, वासिङ मेसिन, चेस्ट फ्रिजर तथा एयर कन्डिसनर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विभिन्न उपहार, क्यासब्याक र निःशुल्क इन्स्टलेसन सुविधा समेटिएको योजना ल्याएको हो।

अफरअन्तर्गत १९० लिटर वा सोभन्दा माथिका सिंगल डोर रेफ्रिजरेटर खरिद गर्ने ग्राहकले १ हजार ४९० रुपैयाँ मूल्य बराबरको महाराजा ड्राइ आइरन निःशुल्क पाउनेछन्।

त्यसैगरी, हायरका कुनै पनि डबल डोर रेफ्रिजरेटर खरिद गर्ने ग्राहकले ५ हजार ४९० रुपैयाँ मूल्य बराबरको महाराजा मिक्सर ग्राइन्डर ‘स्योर सट गिफ्ट’का रूपमा पाउने कम्पनीले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साइड-बाइ-साइड रेफ्रिजरेटरका कुनै पनि मोडल खरिद गर्दा भने १६ हजार ९९० रुपैयाँ मूल्य बराबरको महाराजा फुड प्रोसेसर उपहार दिइनेछ।

वासिङ मेसिनतर्फ फुल्ली अटोमेटिक फ्रन्ट लोड मोडल खरिद गर्ने ग्राहकले ७ हजार रुपैयाँ मूल्य बराबरको इन्फ्रारेड कुकटप उपहार पाउनेछन्।

यस्तै, हायरका कुनै पनि इनभर्टर एयर कन्डिसनर खरिद गर्दा ३ हजार रुपैयाँ बराबरको निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

चाडपर्वका बेला ग्राहकको खरिदलाई सहज बनाउन हायरका होम अप्लायन्समा शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधा पनि उपलब्ध गराइएको छ।

कम्पनीका अनुसार एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने दबाब कम गर्दै किस्ताबन्दीमार्फत होम अप्लायन्स खरिद गर्न सकिने भएकाले यो सुविधाले ग्राहकलाई थप सहजता दिने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.