मंगलवार, भाद्र ३०,२०८३ 07:50:36
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 07:50:36
Bizshala
Global IME Bank Limited

आईजीपी कार्कीविरुद्ध सांसद सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

आईजीपीलाई बर्खास्त गरी छानबिन गर्न माग गर्दै दिएको अभिव्यक्तिको केही अंश संसद्को अभिलेखबाट हटाइने

आईजीपी कार्कीविरुद्ध सांसद सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन
New Office

 

काठमाण्डौ । सभामुख डीपी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिको केही अंश प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले भदौ २६ गतेको बैठकमा सांसद सुनारले दिएको अभिव्यक्तिको निश्चित अंश रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।

Shivam Cement
Bizshala
CG Motors

सभामुख अर्यालले भने, “माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि’ भन्ने वाक्यांशदेखि ‘आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशसम्मको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।”

भदौ २६ गतेको प्रतिनिधिसभा बैठकमा सांसद सुनारले आईजीपी कार्कीमाथि गम्भीर आरोप लगाउँदै उनलाई तत्काल पदबाट हटाएर छानबिन गर्नुपर्ने माग गरेका थिए।

सो क्रममा उनले “बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ” भन्ने अभिव्यक्ति प्रयोग गर्दै आईजीपी कार्कीमाथि लागेको आरोपलाई सामान्य रूपमा लिन नहुने बताएका थिए।

Muktinath Bikas Bank Limited

उनले आरोपको निष्पक्ष छानबिनका लागि आईजीपीलाई पदमा राखिरहन नहुने भन्दै तत्काल बर्खास्त गरेर अनुसन्धान अघि बढाउन माग गरेका थिए।

तर सांसद सुनारले प्रयोग गरेको उक्त अभिव्यक्तिको केही अंश संसदीय मर्यादा र अभिलेखमा राख्न उपयुक्त नभएको ठहर गर्दै सभामुखले हटाउन निर्देशन दिएका हुन्।

सभामुखको निर्देशनपछि अब संसद् सचिवालयले तोकिएको अंश प्रतिनिधिसभाको आधिकारिक अभिलेखबाट हटाउनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.