बुधबार, भाद्र ३१,२०८३ 01:08:45
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 01:08:45
Bizshala
Global IME Bank Limited

घरजग्गा कारोबार वृद्धि, राजस्व र पूँजीगत लाभकर पनि बढ्यो

घरजग्गा कारोबार वृद्धि, राजस्व र पूँजीगत लाभकर पनि बढ्यो
New Office

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा घरजग्गा कारोबारमा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा घरजग्गा कारोबारको संख्या १.८४ प्रतिशतले घटेकोमा समीक्षा अवधिमा ४.७४ प्रतिशतले वृद्धि भएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा घरजग्गा कारोबारअन्तर्गत लिखत पारितको संख्या १२.२८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार १५.४५ प्रतिशतले बढेको थियो।

लिखत पारितअन्तर्गतको राजीनामा कारोबार पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ८.१५ प्रतिशतले बढेको राजीनामा कारोबार समीक्षा अवधिमा २२.८८ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, घरजग्गा कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।

Shivam Cement
Bizshala
CG Motors

समीक्षा अवधिमा कुल ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ बराबरको थियो। घरजग्गा कारोबार बढेसँगै यसबाट प्राप्त राजस्व पनि ४८.२६ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो राजस्व २३.४५ प्रतिशतले बढेको थियो।

घरजग्गा कारोबारबाट प्राप्त पुँजीगत लाभकर ६३.२२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पुँजीगत लाभकर २९.९८ प्रतिशतले बढेको थियो।

घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा समेत वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जा समीक्षा अवधिमा ६.९३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो।

प्रदेशगत रूपमा घरजग्गा कारोबार संख्यामा बागमती प्रदेशमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.