बुधबार, भाद्र ३१,२०८३ 01:23:55
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 01:23:55
Bizshala
Global IME Bank Limited

बारम्बार ताकेता गर्दा पनि रास्वपाका २६ सांसदले बुझाएनन् सम्पत्ति विवरण, पार्टीले नामै सार्वजनिक गर्‍यो

बारम्बार ताकेता गर्दा पनि रास्वपाका २६ सांसदले बुझाएनन् सम्पत्ति विवरण, पार्टीले नामै सार्वजनिक गर्‍यो
New Office

 

काठमाण्डौ । पारदर्शिता र जवाफदेहितालाई प्रमुख राजनीतिक एजेन्डाका रूपमा उठाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै २६ सांसदले सम्पत्ति विवरण नबुझाएको खुलेको छ।

पार्टीले पटक–पटक सूचना, फलोअप तथा संसद् सचिवालयमार्फत एसएमएस पठाएर सम्पत्ति विवरण बुझाउन आग्रह गरे पनि ती सांसदले विवरण नबुझाएपछि रास्वपा संघीय संसदीय दलले उनीहरूको नामावली सार्वजनिक गरेको हो।

संसदीय दलले जारी गरेको सूचनामा निरन्तर ताकेताका बाबजुद पनि सम्पत्ति विवरण नबुझाइएकोमा दुःख व्यक्त गर्दै यस विषयलाई पार्टीले नजिकबाट नियालिरहेको जनाएको छ।

‘अधिक सूचना, फलोअप र संसद् सचिवालयको एसएमएसमार्फत गरिएको निरन्तर ताकेताका बीच पनि तपशीलमा उल्लेखित सांसदज्यूहरूले सम्पत्ति विवरण नभरेको सूचना जारी गर्दा अत्यन्त दुःखित छु,’ संसदीय दलको सूचनामा भनिएको छ, ‘यस परिघटनालाई नजिकबाट नियालिरहेको स्मरण गराउँछौँ।’

निर्वाचन सम्पन्न भएको साढे ६ महिना बितिसक्दा पनि सम्पत्ति विवरण नबुझाउने सांसदमा प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका सांसद छन्।

Shivam Cement
Bizshala
CG Motors

सम्पत्ति विवरण नबुझाउने २६ सांसद

रास्वपाले सार्वजनिक गरेको सूचीअनुसार आशा झा (मोरङ–५), कन्हैया बनिया (रुपन्देही–४), कामिनी कुमारी (महोत्तरी), कुशुम महर्जन (काठमाडौं), कृष्णकुमार कार्की (मोरङ–२), गीता चौधरी (कञ्चनपुर) र तपेश्वर यादव (सिराहा–४)ले विवरण बुझाएका छैनन्।

त्यस्तै पुनमकुमार अग्रवाल (सिराहा), प्रभाव ढकाल (बारा), प्रशान्त उप्रेती (मकवानपुर–२), मधुकुमार चौलागाईं (काभ्रे–१), मोहनलाल आचार्य (कपिलवस्तु–१), यज्ञमणि न्यौपाने (मोरङ–१), रविन महतो (सर्लाही–२) र रमेश प्रसाईं (ताप्लेजुङ) पनि सूचीमा छन्।

राजुनाथ पाण्डे (काठमाडौं–३), रामाकान्त प्रसाद चौरसिया (पर्सा–३), रविना आचार्य (मोरङ–६), लालबिक्रम थापा (सुनसरी–२), लेखजंग थापा (रुपन्देही–३), शम्भुकुमार यादव (सिराहा–३), श्रीराम न्यौपाने (तनहुँ–२), सन्तोष राजवंशी (मोरङ–४), सागर ढकाल (गुल्मी–१), सुशान्त बैदिक (प्यूठान–१) र सूर्यबहादुर तामाङ (उदयपुर–२)ले पनि सम्पत्ति विवरण बुझाएका छैनन्।

पार्टीले आफ्नै सांसदको नाम सार्वजनिक गर्नुले सम्पत्ति विवरण नबुझाउने विषयलाई आन्तरिक रूपमा समेत गम्भीर रूपमा लिएको संकेत गरेको छ। अब यी सांसदले विवरण बुझाउने समयसीमा, पार्टीले चाल्ने थप कदम र संसदीय दलले अपनाउने आन्तरिक प्रक्रियातर्फ चासो बढेको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.