आईतवार, आश्विन २५,२०८३ 03:48:07
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 03:48:07
Bizshala
Global IME Bank Limited

रसुवा बाढीको रहस्य खोज्दै सरकार, सात विज्ञलाई दुई महिनाको जिम्मा

Bizshala
रसुवा बाढीको रहस्य खोज्दै सरकार, सात विज्ञलाई दुई महिनाको जिम्मा
New Office

 

काठमाण्डौ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारण पत्ता लगाउन सात सदस्यीय विज्ञ समिति गठन गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य छन्।

मन्त्रालयका अनुसार समितिले बाढीको सम्भावित उद्गमस्थलदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गर्नेछ। अध्ययनमा हिमनदी, चट्टान तथा माटोको अस्थिरता, पहिरो, नदीको बहाव, अवसाद र बाढीबीचको अन्तरसम्बन्ध विश्लेषण गरिनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

सरकारले घटनालाई सामान्य अतिवृष्टिको परिणाम मात्र नभई हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक, हिमनदीय र जलविज्ञानसम्बन्धी जोखिम एकपछि अर्को गर्दै जोडिएको सम्भावित ‘शृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गर्न लागेको हो।

समितिले तीन चरणमा अध्ययन गर्नेछ। पहिलो चरणमा घटनाको समयक्रम र भौगोलिक क्षति, दोस्रो चरणमा तत्कालीन तथा अन्तर्निहित भौतिक कारण र तेस्रो चरणमा मानवजनित जलवायु परिवर्तनको सम्भावित भूमिका मूल्याङ्कन गरिनेछ।

CG Motors
Muktinath Bikas Bank Limited

अध्ययनमा ड्रोन, सेटलाइट, रिमोट सेन्सिङ तथा जीआईएस प्रविधिसमेत प्रयोग गरिनेछ। भोटेकोशी–ल्हेन्दे नदी प्रणाली सीमापार भएकाले चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक तथ्यांकसमेत समेट्ने तयारी छ।

मन्त्रालयले समितिलाई अध्ययन पूरा गर्न दुई महिनाको समय दिएको छ। अध्ययनपछि घटनाको वैज्ञानिक प्रकृति र उत्पत्तिबारे स्पष्ट निष्कर्ष निकाल्दै भविष्यमा जलविद्युत् पूर्वाधार, नदी प्रणाली र हिमाली क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि सुझाव दिने मन्त्रालयको योजना छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.