बिहीबार, आश्विन १,२०८३ 05:59:16
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 05:59:16
Bizshala
Global IME Bank Limited

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा
New Office

 

काठमाण्डौ । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डेटा अफर सार्वजनिक गरेको छ।

कम्पनीले ‘संविधान दिवस अफर २०८३’ अन्तर्गत अनलिमिटेड लाइट ४९९ र अनलिमिटेड प्रो ६९९ गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध गराउने जनाएको छ।

अनलिमिटेड लाइट ४९९ प्याकेज ४९९ रुपैयाँमा उपलब्ध हुनेछ। यसअन्तर्गत ग्राहकले ३० दिनसम्म दैनिक ५ जीबी डेटा प्रयोग गर्न पाउनेछन्। दैनिक ५ जीबीको सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा चलाउन सकिनेछ।

यस्तै, बढी डेटा प्रयोग गर्ने ग्राहकका लागि अनलिमिटेड प्रो ६९९ प्याकेज ल्याइएको छ। ६९९ रुपैयाँमा उपलब्ध हुने यो प्याकेजअन्तर्गत ३० दिनसम्म दैनिक १० जीबी डेटा पाइनेछ। दैनिक १० जीबीको सीमा सकिएपछि पनि ग्राहकले ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा चलाउन सक्नेछन्।

Shivam Cement
Bizshala
CG Motors

पोस्टपेड मोबाइल प्रयोगकर्ताका हकमा प्याकेजमै रेन्टल चार्जसमेत समावेश गरिएको नेपाल टेलिकमले जनाएको छ।

यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन खरिद गर्न सकिनेछ।

अफर लिन ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा नेपाल टेलिकम एप प्रयोग गर्न सक्नेछन्।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले संविधान दिवसको अवसर पारेर ग्राहकलाई सहुलियतपूर्ण डेटा सुविधा उपलब्ध गराउने उद्देश्यले अफर ल्याइएको बताएका छन्।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.