आईतवार, आश्विन ४,२०८३ 11:38:28
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 11:38:28
Bizshala
Global IME Bank Limited

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’, लक्जरी क्रुज बजार विस्तारमा जोड

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’, लक्जरी क्रुज बजार विस्तारमा जोड
New Office

 

काठमाण्डौ । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ।

नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन क्रुजिङका नयाँ सम्भावनाबारे छलफल गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा टाईरुनले आफ्नो प्रिमियम लक्जरी एक्सपिडिसन क्रुज ब्रान्ड सिल्भरसी क्रुजेस (Silversea Cruises) का विभिन्न उत्पादन, गन्तव्य तथा यात्रा अनुभवबारे जानकारी प्रस्तुत गरेको थियो।

ट्राभल एडभाइजरहरूलाई सिल्भरसीले विश्वका दुर्गम तथा आकर्षक गन्तव्यमा सञ्चालन गर्ने विशेष एक्सपिडिसन यात्राबारे जानकारी दिइएको कम्पनीले जनाएको छ। यसअन्तर्गत अन्टार्कटिका, आर्कटिक, गालापागोस द्वीपसमूह तथा किम्बर्ली कोस्टलगायतका गन्तव्य समावेश छन्।

कार्यक्रममा टाईरुन ट्राभल मार्केटिङका रिजनल म्यानेजर–इस्ट इन्डिया, नेपाल एन्ड बंगलादेश इन्द्रनिल साह तथा सेलिब्रिटी क्रुजेस एन्ड सिल्भरसी क्रुजेसकी हेड मीनाक्षी जग्गी सहभागी थिए।

Shivam Cement
Bizshala
CG Motors

उनीहरूले नेपाली ट्राभल पार्टनरहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै क्रुज उत्पादनका नयाँ अपडेट, विभिन्न गन्तव्यको विशेषता तथा लक्जरी र एक्सपिडिसन क्रुजिङ क्षेत्रमा विकसित भइरहेका व्यावसायिक अवसरबारे जानकारी आदानप्रदान गरेका थिए।

कार्यक्रमले नेपाली ट्राभल एडभाइजरहरूलाई सिल्भरसीका विशेष क्रुज उत्पादन तथा यात्रा अनुभवबारे विस्तृत जानकारी हासिल गर्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ। यसबाट नेपाली ट्राभल व्यवसायीले आफ्ना ग्राहकलाई प्रिमियम तथा विशेष क्रुज अनुभवसम्बन्धी विकल्प अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने अपेक्षा गरिएको छ।

‘टाईरुन पार्टनर कनेक्ट’मार्फत नेपालका ट्राभल व्यवसायीसँग सम्बन्ध थप मजबुत बनाउँदै अन्तर्राष्ट्रिय लक्जरी तथा एक्सपिडिसन क्रुज उत्पादनको पहुँच विस्तार गर्ने टाईरुनको उद्देश्य रहेको छ।

Muktinath Bikas Bank Limited

पछिल्लो समय नेपालको आउटबाउन्ड पर्यटन बजारमा परम्परागत भ्रमणभन्दा व्यक्तिगत, विशेष र अनुभवमा आधारित अन्तर्राष्ट्रिय यात्राप्रति आकर्षण बढ्दै गएको छ। यस्तो अवस्थामा लक्जरी तथा एक्सपिडिसन क्रुज नेपाली ट्राभल व्यवसायका लागि नयाँ प्रिमियम उत्पादनका रूपमा विकास हुन सक्ने सम्भावना देखिएको छ।

काठमाडौंमा आयोजित दोस्रो ‘पार्टनर कनेक्ट’ले नेपाललाई प्रिमियम आउटबाउन्ड ट्राभलका लागि उदीयमान बजारका रूपमा केन्द्रित गर्दै उच्चस्तरीय अन्तर्राष्ट्रिय यात्रा अनुभवप्रति नेपाली यात्रुको बढ्दो रुचिलाई समेत उजागर गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.