मंगलवार, आश्विन २७,२०८३ 03:00:01
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 03:00:01
Bizshala
Global IME Bank Limited

काठमाडौंका विभिन्न ठाउँमा १० दिन बिजुली प्रभावित हुने

Bizshala
काठमाडौंका विभिन्न ठाउँमा १० दिन बिजुली प्रभावित हुने
New Office

 

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनमा प्राविधिक सुधारको काम गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा १० दिनसम्म विद्युत आपूर्ति प्रभावित हुन सक्ने जनाएको छ।

प्राधिकरणका अनुसार असोज ४ गतेदेखि १४ गतेसम्म १३२ केभी टेकु सबस्टेसनअन्तर्गतका विभिन्न फिडरमा आवश्यकताअनुसार विद्युत आपूर्ति बन्द गरेर प्राविधिक काम गरिनेछ।

आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गतको लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसनको ११ केभी प्यानलमा रहेका पुराना रिले हटाएर नयाँ रिले जडान गर्न लागेको हो।

यससँगै रिले रेट्रोफिट तथा एसएएस अर्थात् सबस्टेसन अटोमेसन सिस्टम जडान र परीक्षणको कामसमेत गरिने प्राधिकरणले जनाएको छ।

उक्त कामका कारण टेकु सबस्टेसनबाट विद्युत आपूर्ति हुने विभिन्न वितरण केन्द्रअन्तर्गतका फिडर प्रभावित हुनेछन्। त्यससँग जोडिएका काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत सेवा केही समय अवरुद्ध वा प्रभावित हुन सक्नेछ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यद्यपि, सबै क्षेत्रमा एकै समयमा विद्युत बन्द हुने अवस्था नरहेको प्राधिकरणले स्पष्ट पारेको छ। प्रभावित हुने फिडर र प्राविधिक कामको प्रकृतिअनुसार विद्युत बन्द हुने समय फरक–फरक हुनेछ।

प्राधिकरणका अनुसार असोज १४ गतेसम्म आवश्यकताअनुसार सम्बन्धित फिडरमा विद्युत आपूर्ति रोकेर नयाँ रिले जडान, परीक्षण तथा अटोमेसनसम्बन्धी काम सम्पन्न गरिनेछ।

प्राधिकरणले कामका क्रममा उपभोक्तालाई पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै निर्धारित तालिकाअनुसार काम सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ।

प्राविधिक काम पूरा भएपछि प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनः नियमित गरिनेछ। विद्युत प्रणालीलाई थप सुरक्षित, भरपर्दो र आधुनिक बनाउन पुराना उपकरण विस्थापन गरी नयाँ प्रणाली जडान गर्न लागिएको प्राधिकरणले जनाएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X