काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी छ। सोमबार सुरु भएको बैठकको दोस्रो दिन केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने कार्यक्रम छ।
सोमबारको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन पेस गरेपछि उनले केन्द्रीय सदस्यहरूलाई त्यसको अध्ययन गरेर मंगलबारको बैठकमा धारणा राख्न भनेका थिए।
यसैबीच, केन्द्रीय कमिटी बैठक हलभित्र मोबाइल फोन चलाउन रोक लगाइएको छ। अध्यक्ष ओलीले बैठकमा सहभागी नेताहरूलाई मोबाइल बाहिरै राख्न तथा बैठकका गतिविधिको अडिओ वा भिडिओ रेकर्ड नगर्न आग्रह गरेका छन्।
बैठक तीन दिनसम्म चल्ने तय गरिएको छ। सोमबार पहिलो दिन अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत भएपछि बैठक स्थगित गरिएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।