काठमाण्डौ । राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि मंगलबार सुनुवाइ हुने भएको छ।
उक्त रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।
दाहाललाई प्रहरीले आइतबार मोरङको बेलबारीबाट पक्राउ गरेको थियो। आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक विषय तथा उच्च राजनीतिक व्यक्तित्वबारे भ्रामक प्रचार गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ।
दाहाल पक्राउ परेपछि उनकी छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्।
सोही रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।