बिहीबार, आश्विन २९,२०८३ 08:47:34
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 08:47:34
Bizshala
Global IME Bank Limited

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग

Bizshala
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग
New Office

 

काठमाण्डौ । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सरकारसँग लिखित जवाफ माग्दै उनलाई अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। आदेशमा निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुन नपर्ने हो भन्ने आधार र कारणसहित लिखित जवाफ पेस गर्न भनिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

दाहालको हकमा उनकी छोरी डेनिका दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितलाई विपक्षी बनाई सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सर्वोच्चको आदेशमा आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र अनुसन्धानको मिसिल र बन्दीसहित उपस्थित भई महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ। तोकिएको समयभित्र जवाफ आएपछि वा समयसीमा नाघेपछि मुद्दालाई नियमानुसार पुनः पेस गर्नसमेत अदालतले आदेश दिएको छ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ तथा अधिवक्ताहरू युवराज कोइराला, शान्ति ढुंगाना, शुभाष सिंह धामी र निकेश धितालले बहस गरेका थिए।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

दाहाललाई प्रहरीले असोज ४ गते बिहान मोरङको बेलबारीबाट पक्राउ गरेको थियो। खबरहबका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको थियो।

सर्वोच्चको पछिल्लो आदेशपछि अब दाहाललाई हिरासतमा राख्नुको कानुनी आधार र अनुसन्धानसम्बन्धी विवरणसहित सरकारी पक्षले अदालतमा जवाफ पेस गर्नुपर्ने भएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.