काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम चुक्तापुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले वितरणयोग्य सञ्चित मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको जनाएको छ। सञ्चालक समितिबाट प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीले पाउनेछन्।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज ३० गते ११औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
साधारणसभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार बुक क्लोज हुनुभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।