बुधबार, माघ २३,२०८१ 12:21:33
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:21:33
IME remit
Global IME Bank Limited

आर्थिक मन्दीको प्रभाव: नवीकरणको भरमा चल्न थाल्यो बीमा व्यवसाय

Hyundai Nepal
आर्थिक मन्दीको प्रभाव: नवीकरणको भरमा चल्न थाल्यो बीमा व्यवसाय
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन (नयाँ व्यवसाय) २.५५ प्रतिशतले घटेको छ ।  

नेपाल बीमा प्राधिकरणकाअनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा अधिकांश कम्पनीको नयाँ व्यवसाय खस्किएको देखिएको हो ।  

पुष मसान्तसम्म १४ जीवन बीमा कम्पनीले नयाँ व्यवसायमार्फत १३ अर्ब ८१ करोड रुपैयाँ प्रिमियम भित्र्याएका छन् । जुन गत वर्षको तुलनामा २.५५ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत १४ अर्ब १७ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए । 

Bizshala
CG Motors
Sagarmatha Cement

तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको व्यवसाय नवीकरण बीमा शुल्कले धानेको छ । आर्थिक अवस्था सुधार हुँदै गर्दा समेत जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय बढाउन सकिरहेका छैनन् ।  

यता, नवीकरण बीमाशुल्क आर्जन भने गत वर्षको तुलनामा ५.१० प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्म नवीकरणमार्फत जीवन बीमा कम्पनीहरुले ६० अर्ब ४०  करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

गत वर्षको यसै अवधिसम्म नवीकरणमार्फत ५७ अर्ब ४७ करोड प्रिमियम संकलन भएको थियो ।  

नेपाल बीमा प्राधिकरणले ग्रामीण भेगका स्थानीयलाई समेत समेटेर बीमाको दायरा बढाउन प्रयत्न गरेतापनि जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय बृद्धि हुन सकेको छैन । प्राधिकरणले बीमाको दायरा बढाउनका लागि नै लघुबीमाको लाइसेन्स समेत वितरण गरेको थियो ।  

विभिन्न स्थानीय निकायहरुसँग समन्वय गरी बीमा सचेतना तथा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरु प्राधिकरणले गर्दै आइरहेको छ ।  

तर पनि बीमाको दायरामा आएको जनसंख्या प्रतिशत जम्मा ३९.७९ प्रतिशत छ । यसर्थ अझै पनि नेपालको कुल जनसंख्यामा आधा भन्दा बढी जनसंख्याले बीमा गराएका छैनन् अर्थात् ६०.२१ प्रतिशत जनसंख्या बीमाको दायरामा छैनन् ।  

नेपालको अर्थतन्त्रका कारण जीवन बीमा कम्पनीहरुको व्यवसाय बढ्न नसकेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।  

‘गत वर्षको आर्थिक संकटले गर्दा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा प्रत्यक्ष असर पारिरहेकोे छ’ पौडेलले भने, ‘विस्तारै अर्थतन्त्र सुधार हुँदैछ, केही कम्पनीहरुले गत वर्षको तुलनामा नयाँ व्यवसायमा स्ुधार गरेका छन्, केही महिनापछि सबै कम्पनीको नयाँ व्यसायमा समेत सुधार आउनेछ ।’

त्यस्तै, जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले पनि आर्थिक मन्दीका कारण अधिकांश जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क घट्न पुगेको बताए ।  

‘ओभर इकोनोमिक क्राइसिसका कारण जीवन बीमा कम्पनीको नयाँ व्यवसाय घट्न पुगेको हो, तर केही समययता अर्थतन्त्रमा सुधार आउँदैछ’ उनले भने, ‘आर्थिक मन्दी हटेपनि बीमा कम्पनीको नयाँ व्यवसायमा सुधार आउन समय लाग्नेछ, विस्तारै सबै क्षेत्रको व्यवसाय सुधार हुँदै गइरहेको छ, बन्द भएका सटरहरु सबै संचालन भई रोजगार सिर्जना भएपछि बीमा क्षेत्रको व्यवसाय अझै सुधार हुँदै जानेछ ।’  

साथै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका सीईओ शिवनाथ पाण्डेले पनि नेपालको अर्थतन्त्रले गर्दा अधिकांश जीवन बीमा कम्पनीको नयाँ व्यवसाय बढ्न नसकेको बताएका छन् । 

 

५ कम्पनीले मात्रै बढाए नयाँ व्यवसाय  

गत वर्षको तुलनामा ५ जीवन बीमा कम्पनीको मात्रै प्रथम बीमा शुल्क आर्जन बृद्धि भएको छ । सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सले २२.४० प्रतिशतले नयाँ व्यवसाय बढाउन सफल भएको छ ।  

त्यस्तै, नेपाल लाइफले २१.७३ प्रतिशत, आइएमई लाइफले ११.०८ प्रतिशत, एशियन लाइफले ६.३१ प्रतिशत र मेट लाइफले ०.१३ प्रतिशतले नयाँ व्यवसाय बढाएका छन् ।  

गत वर्षको तुलनामा सबैभन्दा बढी नयाँ व्यवसाय खस्किनेमा सन नेपाल लाइफ रहेको छ । कम्पनीले प्रथम बीमा शुल्क आर्जन ३०.९९ प्रतिशतले घटेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.