काठमाण्डौ । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।
निर्धारित १५ ओभरमा नेपालले ४ विकेट गुमाउँदै १४९ रन बनाएको हो।
नेपालका लागि सन्दीप जोरा र लोकेस बमले उत्कृष्ट अर्धशतकीय पारी खेले। जोराले ३२ बलमा ५७ रन बनाए भने बमले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ५२ रन जोडे।
त्यसअघि आशिफ शेखले २१ रनको योगदान दिएका थिए। नेपालका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।