शनिबार, आश्विन १०,२०८३ 09:14:44
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 09:14:44
Bizshala
Global IME Bank Limited

बैंककमा आपतकाल घोषणा

Bizshala
बैंककमा आपतकाल घोषणा
New Office

काठमाडौँ । लगातार ४८ घण्टासम्म परेको भारी वर्षाले थाइल्यान्डको राजधानी बैंककका सडक जलमग्न भएका छन्। बाढीको जोखिम बढेपछि सहरका सबै ५० जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको बीबीसी नेपालीले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

स्थानीय प्रशासनले बासिन्दालाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ। नहरछेउका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै आफ्ना सामान माथिल्लो तलामा सार्न भनिएको छ।

लगातारको वर्षाले नहरहरू भरिएका छन् र सडकमा जमेको पानी निकास गर्न कठिन भएको छ। बैंककका गभर्नर चाडचार्ट सिट्टिपुन्टका अनुसार सहरको पूर्वी भाग बढी प्रभावित छ। पानी बाहिर निकाल्ने प्रयास भइरहे पनि नहर भरिएकाले तिनको आसपास बस्नेहरू जोखिममा रहेको उनले बताएका छन्।

मध्य बैंकककी एक ६७ वर्षीया बासिन्दाले आफ्नो क्षेत्रमा कम्मरसम्म पानी पुगेको एएफपीलाई बताएकी छन्। उनका अनुसार वर्षा नरोकिँदा घरबाहिर निस्कनसमेत कठिन भएको छ।

थाइल्यान्डको मौसम निकायले थप भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। आइतबार पनि वर्षा जारी रहने पूर्वानुमानसँगै डुबान अझ फैलिन सक्ने चिन्ता बढेको छ। प्राप्त विवरणअनुसार पछिल्लो बाढीबाट मानवीय क्षतिको सूचना आएको छैन।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.