काठमाण्डौ । नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार नदीमा पानीको सतह ९।२ मिटर पुगेपछि खतराको तह पार गरेको हो।
देवघाटस्थित जलमापन केन्द्रका अनुसार नारायणी नदीमा पानीको सतह ९ मिटर पुगेपछि खतराको तह मानिन्छ। यसअघि पानीको सतह ७.३ मिटर पुगेपछि चेतावनीको तह मानिने व्यवस्था छ।
पानीको सतह लगातार बढिरहेकाले नदी आसपासका तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। बाढीको जोखिम रहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउन र नदी तथा खोलाको किनारमा नजान सम्बन्धित निकायले अनुरोध गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।