आईतवार, आश्विन ११,२०८३ 11:43:05
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 11:43:05
Bizshala
Global IME Bank Limited

खराब मौसमले भरतपुर र तुम्लिङटारका उडान प्रभावित, माउन्टेन फ्लाइट पनि रोकिए

खराब मौसमले भरतपुर र तुम्लिङटारका उडान प्रभावित, माउन्टेन फ्लाइट पनि रोकिए
New Office

 

काठमाण्डौ । प्रतिकूल मौसम र पर्याप्त भिजिबिलिटी नहुँदा देशका केही विमानस्थलको उडान प्रभावित भएको छ।

चितवनको भरतपुर र संखुवासभाको तुम्लिङटार विमानस्थलमा आइतबार बिहानसम्म नियमित उडान सञ्चालन हुन सकेको छैन।

सम्बन्धित विमानस्थल कार्यालयका अनुसार लगातारको खराब मौसम र न्यून भिजिबिलिटीका कारण दुवै विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको हो।

यता, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने भिजिबिलिटी क्रमशः सुधार हुँदै गएको छ। आवश्यक भिजिबिलिटी पुगेपछि उडान सञ्चालन गर्ने तयारी रहेको विमानस्थलले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

खराब मौसमकै कारण आइतबारका लागि तय भएका माउन्टेन फ्लाइटसमेत सञ्चालन हुन सकेका छैनन्।

मौसममा सुधार आएपछि प्रभावित विमानस्थलबाट उडान पुनः सञ्चालन गरिने सम्बन्धित निकायले जनाएको छ।

लगातारको वर्षा र बादलका कारण पछिल्ला दिनमा देशका विभिन्न विमानस्थलमा उडान तालिका प्रभावित हुँदै आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.