काठमाडौं । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीच तय भएको खेल वर्षाका कारण रद्द भएको छ।
बिहान ५:४५ बजे सुरु हुने भनिएको खेल लगातार वर्षा भएपछि टससमेत हुन सकेन। खेल रद्द भएसँगै उच्च वरीयताका आधारमा श्रीलंकाले सेमिफाइनलमा स्थान बनाएको छ भने नेपालको यात्रा क्वार्टरफाइनलमै रोकिएको छ।
नेपाल एसियाली खेलकुदको पुरुष क्रिकेटमा चौथोपटक क्वार्टरफाइनलबाट बाहिरिएको हो। यसअघि सन् २०१०, २०१४ र २०२२ मा पनि नेपाल अन्तिम आठभन्दा अगाडि बढ्न सकेको थिएन।
समूह चरणमा नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो भने जापानविरुद्धको खेल वर्षाका कारण नतिजाविहीन भएपछि अंक बाँडेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।