काठमाडौँ। बाढीपहिरोका कारण अवरुद्ध पृथ्वी र बीपी राजमार्ग पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएका छन्। नेपाल प्रहरीले दुवै राजमार्गमा हाल एकतर्फी सवारी आवागमन भइरहेको जनाएको छ।
यद्यपि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड अझै पूर्ण रूपमा बन्द छन्। मनाङको चामे–बेँसीसहर, बागलुङ र नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ, मुस्ताङको जोमसोम–कोरला, पर्वतको मालढुङ्गा–बेनी तथा लमजुङको मध्यपहाडी लोकमार्गमा यातायात ठप्प छ।
त्यस्तै, गुल्मीको कालिगण्डकी करिडोर, कालिकोटको कर्णाली राजमार्गअन्तर्गत गगने खोला र मुगुको नाग्म–गमगढी सडक पनि पहिरोका कारण अवरुद्ध छन्।
प्रहरी र स्थानीय प्रशासनले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका छन्। प्रहरीले यात्राअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।