काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ९ सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ। अघिल्लो कोरोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार चाँदी ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।