काठमाण्डौ । सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएन)ले आयोजना गरेको प्रविधि मेलामा विद्यार्थी तथा अभिभावकले करियर र नवप्रवर्तनका विषयमा उल्लेख्य चासो देखाएका छन्।
काठमाडौंको मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेिमा दक्ष बनाउने तथा स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गरिएको सीएसआईटीएनकी अध्यक्ष प्रतीक्षा आले मगरले बत विद्यार्थीलाई उपलब्ध अवसर तथा सीपबारे जानकारी दिने उद्देश्य मेलाको रहेकोसन फाउन्डेसन (एलबीईएफ)मा आयोजित मेलामा विद्यार्थी, युवा, प्रविधि व्यवसायी, उद्यमी तथा रोजगारदाताको सहभागिता रहेको थियो।
विद्यार्थीलाई औपचारिक शिक्षासँगै प्रविधिमा दक्ष बनाउने तथा स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गरिएको सीएसआईटीएनकी अध्यक्ष प्रतीक्षा आले मगरले बताइन्।
उनका अनुसार प्रविधि, विद्यार्थीको भविष्य र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्दै विद्यार्थीलाई उपलब्ध अवसर तथा सीपबारे जानकारी दिने उद्देश्य मेलाको रहेको थियो।
एलबीईएफका अध्यक्ष इन्जिनियर पंकज जालानले विद्यार्थी, आईटी उद्यमी, अभिभावक र समुदायबीच सहकार्य बढाउँदै बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।
उनले नेपालले अब प्रविधि र आईटी सेवालाई विदेशमा निर्यात गरेर आर्थिक उन्नति गर्ने दिशामा अघि बढ्नुपर्ने बताए। त्यसका लागि बजारको आवश्यकता अनुरूप आईटी शिक्षा र दक्ष जनशक्ति विकास अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ छ।
मेलामा सहभागीहरूले करियर मार्गदर्शन, नवीन विचार प्रस्तुति, मेन्टरसँग अन्तरक्रिया, प्राविधिक सिर्जना तथा नेटवर्किङका विषयमा छलफल गरेका थिए।
मेलाअन्तर्गत ‘क्रिएटिभ क्ल्यास’, ‘बिल्ड ब्याटल’, ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ), ‘क्ल्यास रोयाल’ र ‘ईफुटबल’ गरी पाँच प्रतियोगिता पनि आयोजना गरिएको थियो।
आयोजकका अनुसार मेलाले विद्यार्थीको सिर्जनशीलता, प्राविधिक दक्षता, समस्या समाधान क्षमता तथा टिमवर्क प्रदर्शनका लागि मञ्च प्रदान गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।