बुधबार, आश्विन २८,२०८३ 09:19:03
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:19:03
Bizshala
Global IME Bank Limited

प्रोटोनको प्रि-दशैं सर्भिस क्याम्प, निःशुल्क चेकअपदेखि स्पेयर पार्ट्समा २०% छुटसम्म

Bizshala
प्रोटोनको प्रि-दशैं सर्भिस क्याम्प, निःशुल्क चेकअपदेखि स्पेयर पार्ट्समा २०% छुटसम्म
New Office

 

काठमाण्डौ । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैंलाई लक्षित गर्दै ‘प्रि-दशैं सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ।

कम्पनीका अनुसार क्याम्प असोज २८ देखि ३० गतेसम्म भक्तपुरको राधेराधेस्थित प्रोटोन सर्भिस सेन्टरमा सञ्चालन हुनेछ। चाडपर्वको समयमा लामो दूरीको यात्रा गर्ने ग्राहकलाई सुरक्षित र सहज यात्राका लागि सवारीसाधनको अवस्था जाँच तथा मर्मतमा सहजीकरण गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ।

क्याम्प अवधिभर प्रोटोनका ग्राहकले सवारीसाधनको निःशुल्क चेकअप गराउन सक्नेछन्। साथै, स्पेयर पार्ट्समा २० प्रतिशतसम्म र सर्भिस तथा लेबर चार्जमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

ग्राहकले दुई पटकसम्म निःशुल्क सवारीसाधन धुने सुविधा पनि पाउनेछन्। क्याम्पमा सहभागी प्रत्येक ग्राहकलाई आकर्षक गिफ्ट ह्याम्परसमेत प्रदान गरिने जगदम्बा मोटर्सले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

दशैंमा परिवारसँग भेटघाट तथा घर जाने क्रममा लामो दूरीको यात्रा गर्नेहरूलाई लक्षित गरी सवारीसाधनको आवश्यक जाँच, मर्मतसम्भार र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले क्याम्प सञ्चालन गर्न लागिएको कम्पनीको भनाइ छ।

जगदम्बा मोटर्सले प्रोटोनका सम्पूर्ण ग्राहकलाई समयमै सवारीसाधनको चेकअप तथा सर्भिस गराई सुरक्षित दशैं यात्रा सुनिश्चित गर्न आग्रह गरेको छ।

क्याम्प राधेराधेस्थित प्रोटोन सर्भिस सेन्टरमा असोज २८ देखि ३० गतेसम्म सञ्चालन हुनेछ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.