काठमाण्डौ । म्याक्स टाइगर इनर्जी ड्रिंक्सले सञ्चालन गरिरहेको ‘एनर्जाइज्ड दसैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई जना उपभोक्ताले स्कुटर र मोटरसाइकल जितेका छन्।
यससँगै अभियानअन्तर्गत हालसम्म पाँच जना विजेताले यामाहा स्कुटर तथा मोटरसाइकल हात पारिसकेका छन्। कम्पनीका अनुसार बम्पर पुरस्कारका रूपमा राखिएको प्रोटोन कारको विजेता घोषणा भने हुन बाँकी छ।
पछिल्लो चरणमा बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलका विजेता बनेका छन्।
म्याक्स टाइगर इनर्जी ड्रिंक्सको एक क्यान खरिद गर्दा पाउने अवसरबाट उनीहरूले पुरस्कार जितेका हुन्।
कम्पनीका अनुसार ठोकरले जीवनमै पहिलोपटक यति ठूलो पुरस्कार पाएको बताएका छन्। सामान्य रूपमा खरिद गरिएको एक क्यान इनर्जी ड्रिंक्सले नयाँ स्कुटर जित्ने अवसर दिएको भन्दै उनले खुसी व्यक्त गरेका छन्।
यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए। त्यस्तै, सुर्खेतका किशोरजंग शाह यामाहा रे जेडआर स्कुटरका विजेता बनेका थिए।
पछिल्ला दुई विजेता थपिएसँगै अहिलेसम्म मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ।
अझै ३१ दुईपांग्रे र एउटा प्रोटोन कार जित्ने मौका
‘एनर्जाइज्ड दसैं धमाका २०२६’ अभियानअन्तर्गत कुल १८ जना उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
यसका साथै एक जना महाभाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारका रूपमा प्रोटोन कार जित्नेछन्।
हालसम्म पाँच जना विजेता सार्वजनिक भइसकेका छन्। कम्पनीका अनुसार अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कारको पुरस्कार बाँकी छ।
बनेपादेखि बुटवल, धादिङदेखि धनगढी र सुर्खेतसम्मका उपभोक्ता विजेता बनेसँगै अभियानप्रति उपभोक्ताको चासो पनि बढ्दै गएको कम्पनीको भनाइ छ।
दसैंको उत्साहलाई ऊर्जा र आकर्षक पुरस्कारसँग जोड्ने उद्देश्यले सुरु गरिएको अभियानले उपभोक्तालाई चाडपर्व थप रोमाञ्चक बनाउने अवसर दिएको कम्पनीले जनाएको छ।
स्कुटर र मोटरसाइकलका थप विजेतासँगै सबैको चासो अब बम्पर पुरस्कार प्रोटोन कार कसले जित्ला भन्नेतर्फ केन्द्रित भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।