काठमाडौं। विश्व बजारमा सुनको मूल्यमा झन्डै १ प्रतिशतले वृद्धि भएको छ ।
विश्व बजारमा सुनको मूल्य प्रतिऔँस ४ हजार १५० अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ ।
विश्वव्यापी सेयर बजारमा आएको गिरावट र मुद्रास्फीति बढ्ने अपेक्षाका कारण लगानीकर्ता सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सुनको मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी डलर कमजोर हुनुका साथै मध्यपूर्व र युक्रेनमा जारी भूराजनीतिक तनावले पनि सुनको मूल्य वृद्धिलाई थप टेवा दिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।