काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा दबाब कायमै रहेको छ । सोमबार ६ डलर अर्थात् ०.१५ प्रतिशतले घटेर प्रतिऔंस ४ हजार अमेरिकी डलरभन्दा तल कारोबार भइरहेको छ ।
मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव र यसै साता प्रमुख केन्द्रीय बैंकहरूले गर्ने ब्याजदरसम्बन्धी निर्णयलाई लगानीकर्ताले ध्यान दिइरहेका बेला सुनको मूल्य तीन महिनाभन्दा बढी समययताकै न्यूनस्तर नजिक पुगेको हो ।
यस्तै अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य पनि घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।